पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट भिखमपुरले पर्साको जगरनाथपुर गाउँपालिकाबाट २० किलो चरेश बरामद गरेको छ ।
पर्साको ठोरी गाउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। गापाको वडा ३ का ५३ वर्षीय एक पुरुषको पिसिआर रिपोर्ट आएसंगै उनमा कोरोना संक्रमण पुष्टी भएको हो।
परिक्षा नियन्त्रण बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।आज सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो ।
कोरोना भाइरसको संक्रमण पनि उपचार गराईरहेका २ महिला सहित ११ जनाले आज कोरोना परास्त गरि घर फर्किनु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसबर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ ।
बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाई टोलको उत्तर तर्फ रहेको करवोला । साधुसन्तको कुटी छ । त्यही कुटी भन्दा थोरै उत्तर पश्चिम हुदै श्रीसिया नदी बगेको छ ।
क्षयरोगको समस्यासंग जुधिरहेका रौतहटका एक युवामा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पर्सामा निषेधाज्ञालाई अझ मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ । बीरगंजमा साउन १० गते देखी स्थान्ीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा विभागले ‘क्लिनिकल ट्रायलका लागि मात्र’ भन्दै ‘रेमडिसिभिर’ आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको हो ।
चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार बीरगन्जमा कोरोना संक्रमणबाट वीरगञ्ज २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुष को मृत्यु भएको छ ।
बीरगंजको नागरिक समाजले बीरगंजमा रहेका सबै अस्पतालहरुमा नेपाल सरकारको निर्णय बमोजीम २० प्रतिशत बेड कोरोना भाइरसबाट संक्रमीत बिरामीको उपचारकालागि छुट्ट्याएर बिरामीको निर्वाध उपचारको ब्यवस्था मिलाउन पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङको ध्यानाकर्षण गराएको छ ।
पर्सामा अस्पतालमा कार्यरत कर्मचारी, सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारी, बैंकर र होटलमा कार्यरत कर्मचारी सहित २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणको सन्त्रासमा उपचार नगर्ने अस्पतालहरुको शैलीका कारण ज्यान गुमाउने पर्ने अवस्था आएकोमा त्यो अवस्था अन्त्यकोलागि कोभिड एक्सन टिम गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बाराको सिमरामा रहेको जगदम्बा स्टीलमा सशलबन्दी गरिएको छ । उद्योगमा काम गर्ने ११जना मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योग सशल गरीएको हो ।