logo

सम्पती कब्जा गर्ने फूफाजुको सनकले भदाको हत्या, अन्य दुई जनामा पनि गिरफ्तार

पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं ४ बहुवरीमा पुष १ गते भएको एउटा हत्याकाण्डमा घरपरिवारका मान्छेको संलग्नता भएको खुलेको छ ।

1/29/2021

कानून कार्यान्वयनमा तीनै तहको समान्वयात्मक भूमिका आवश्यक रहेको राष्ट्रियसभाकी उपाध्यक्ष दाहालको भनाई

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले महिला हिंसा न्यूनीकरणका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गर्ने सिलसिलामा आज वीरगन्ज महानगरपालिका आईपुग्नुभएकी उपाध्यक्ष दाहालले अहिले निर्माण भएका ऐन कानूनहरुको प्रभावकारी कार्यान्वन नहुँदा नै महिला हिंसाका घटनाहरु हुने गरेको बताउदै प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभएको हो ।

1/28/2021

लगानीको वातावरण र रोजगारी सृजना गर्नुपर्छ : उद्योगपति विनोद चौधरी

उद्योगपति विनोद चौधरीले नेपालमा लगानीको वातावरण र रोजगारीको सृजना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिले वीरगन्जमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहेका चौधरीले राजनीतिकदलहरु भित्रपनि धेरै व्यक्तिहरु गरिखाने व्यक्तिहरु भएकोले उनीहरुका लागि एउटा प्लेटफर्म तयार गर्ने उद्देश्य सहित ‘गरिखाने अभियान’ शुरु गरेको जानकारी दिए ।

1/28/2021

प्रदेशभरि कोरोना बिरुद्धको खोप अभियान शुभारम्भ, फ्रन्टलाइन वारियर्सको मुख्यमंत्री राउतले गर्नु भयो प्रशंसा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताउनु भएको छ ।

1/27/2021

यातायात ब्यवस्था कार्यल जनकपुरमा अख्तियारको छापा केही कर्मचारी कस्टडीमा

घुस अड्डाको रुपमा कुख्याती कमाएको यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी गरेको छ ।

1/26/2021

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार यादव र केशरीलाई

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट बीरगंजका बरिष्ठ पत्रकार गया यादव र गोरखापत्रका सम्वाददाता कन्हैयालाल केशरी पुरस्कृत हुने भएका  छन ।

1/26/2021

वीरगन्ज महानगरपालिकाद्वारा घण्टाघरदेखि पावरहाउस चौकसम्मको सडक निर्माण शुरु 

वीरगन्जको घण्टाघर चोक देखि पावरहाउस चोक सम्मको  मुख्य सडक मर्मत सम्भारको काम आज देखि शुरु गरिएको छ । घण्टाघर देपख पावर हाउस चोक सम्म बाँया पट्टीको कालोपत्रे सडक ठाँउ ठाँउमा उप्किएर खाल्डा खुल्डी पर्दा सवारीसाधन र यात्रुलाइ सास्ती भएको गुनासो आएपछि महानगरपालिकाले आज देखि उक्त सडकको मर्मत सम्भारको काम  शुरु गरेको हो । पुरानो कालोपत्रे उप्क्याएर त्यसको ठाँउमा नयाँ कालो पत्रे गर्न थालिएको हो ।

1/15/2021

भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माण संहिताको पूर्ण पालनामा जोड

राष्ट्रिय भूकम्प दिवसको अवसरमा आज वीरगन्जमा पनि जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । १९९० साल माघ २ गते आएको शक्तिशाली विनासकारी भूकम्पले क्षति पु¥याएको दिनलाई भूकम्प दिवसको रुपमा मनाउदै आएको छ । कोणसभामा बोल्ने वक्ताहरुले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्नका लागि भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

1/15/2021

थारु  समुदायको माघी महोत्वस पर्साको दुई स्थानमा मनाईदै 

नेपालको आदिवासी थारु समुदायको नयाँबर्ष माघी अर्थात खिचडी यसबर्षपनि पर्सामा दुई स्थानमा मनाउने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको स्वीमिङपुल परिसर र पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बढ्निहार स्थित जनता माविमा २६४५ औं नयाँबर्ष माघी ‘खिचडी’ मनाउने तयारी गरेको माघी महोत्सव मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थारु सम्वत २६४५ तथा ‘खिचडी’ माघीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

1/12/2021

नेशनल मेडिकल कलेजको अर्को गैरमानवीय कार्य, छात्रवृत्तिमा पढीरहेका विद्यार्थीको भविष्य नै अन्धकारमा पार्दै 

पटक पटक विवादमा आउने गरेको वीरगन्जस्थित नेसनल मेडिकल कलेज फेरी एकपटक विवादमा आएको छ । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ । कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो । 

1/12/2021

जन्मदिनको खर्च प्रतिष्ठानलाई, पत्रकार महिलाको बृति बिकासमा खर्च गरिने 

मध्यनेपाल सन्देश साप्ताहिकका  प्रकाशक सम्पादक कविता खड्काले आफनो जन्मउत्सवमा खर्च हुने रकम पर्साका पत्रकार महिलाको बृति बिकासकालागि हस्तान्तरण गर्नु भएको छ ।

1/10/2021

हिजोदेखी हराइरहेका दुबै बालक पटनामा फेला परे ल्याउने तयारी हुदै

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक भारत बिहारको पटनामा फेला परेका छन  ।

1/10/2021

कोरोना कहरबाट पर्साका नागरिकलाई जोगाउन भूमिका खेलेको भन्दै महानगरद्वारा प्रहरी उपरिक्षक पन्तलाई सम्मान

वीरगन्ज महानगरपालिकाले भर्खरै पर्साबाट सरुवा हुनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई सम्मान गरेको छ ।

1/7/2021

क्याम्पस प्रमुख डा. कुशवाहाको उपचारको क्रममा निधन , आजै अन्त्येष्टी गरिने

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. राजदेव कुशवाहाको निधन भएको छ ।

1/7/2021

प्रभावकारी कार्य सम्पादनमा अब्बल देखिनु भयो पंत साब

पर्साका प्रहरी प्रमुखको रुपमा गंगा पन्तले कमाण्ड सम्हाल्दा “महिला एसपी ” भनेर नाक खुम्च्याउनेहरुको संख्या बाक्लै थियो ।

1/6/2021

करोडौको लागतमा बनेको बीरगंजको टर्मिनल बसपार्क रित्तै बसहरु सडकमा,सहमती हुन्छ पालना हुदैन 

करिब १८ करोडको लागतमा  निर्माण भएको बीरगंजको टर्मिनल बसपार्क “माल पाएर चाल नपाएको” अवस्थामा पुगेको छ । जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको टर्मिनल बसपार्क उद्धेश्य अनुरुप संचालन हुन सकेको छैन । 

1/2/2021

उखु किसानलाई १७ करोड भूक्तानी दिन बाँकी लुम्बिनी चिनी मिलका संचालक अग्रवाल पक्राउ

नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई प्रहरीले उनको बीरगंज स्थित निवासबाट पक्राउ गरेको हो । 

12/31/2020

बीरगंजसिटी डटकमको समाचार भेदभावपूर्ण,पित पत्रकारिता गरेकोले काउन्सिलले राख्यो कालोसूचीमा 

पित पत्रकारिता गर्ने बीरगंजसिटी डट कमलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी थप कारवाही अगाढि बढाउने भएको छ ।

12/31/2020

प्रतिनिधि सभाको बिघठन संविधान सम्मत  छ त्यसकारण निर्वाचन हुन्छ तयार रहनुहोलाः महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले जुन उद्धेश्यका साथ एकिकृत पार्टी बनायौ त्यही अरुप पार्टी अगाडि बढनु पर्नेमा आन्तरिक अवरोधका कारण त्यसरी अगाडि बढने सफलता पाउन नसकिएको बताउनु भयो । 

12/30/2020

लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी कानून बनाउने मुख्यमंत्री राउतको प्रतिवद्धता,बीरगंजमा पुर्नस्थापना केन्द्र बन्ने

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी प्रदेश सरकारले कानून बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । 

12/26/2020

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.