logo

देशको समृद्धिकालागि मुख्य पार्टीहरु साझा समझदारीका साथ अगाडि बढनु पर्छः एमालेका बरिष्ठ उपाध्यक्ष पोख्रेल

 इसीमाना सम्बाददाता      २०८१ बैशाख १८ गते ११: ३० मा प्रकाशित     702   पटक पढिएको

वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले देशको बिकासकालागि जनताको समृद्धिकोलागि र मुलुकका मेजर पार्टीहरु साझा समझदारीकासाथ अगाडि बढनु पर्नेमा जोड दिएका छन ।

 

प्रेस चौतारी नेपाल पर्साद्वारा मंगलवार बिहान बीरगन्जमा आयोजीत पत्रकार सम्मेलन वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको समृद्धिकालागि मुख्य पार्टीहरु एक ठाउँमा आउनु पर्ने आजको आवश्यकता भएको बताएका हुन ।

उनले अहिलेको सरकार परिर्वतनको कुरा हल्ला मात्र भएको बताए । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक खटपट नरहेकोले सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको बताए ।अघिल्लो गठबन्धन अनुचीत थियो योजना बनाएर नै हामीले त्यसलाई तोड्यौं उनले भने तर अहिलेको सरकार फेरबदल हुने कुरा उचित पनि होइन र त्यो हुदैन पनि ।

 

उनले मुलुकको आर्थिक बिकास राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताकालागि मुलुकमा नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । सामाजिक सदभाव कायम राख्न,कृषि पर्यटन उर्जा बिकास र आर्थिक क्षेत्रको मजबुतीकरण एमालेले जानेको उनले बताए । एमाले आर्थिक विकासका माध्यमले समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढी रहेको बरिष्ठ नेता पोख्रेलले बताए ।


गृहमन्त्री रवी लामिछानेको विवाद बारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘ म मात्रै होइन हाम्रो पाटीले यदि ऊ दोषी छ भने त्यसको सत्यतथ्य अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडि बढाउन भनिरहेकै छ, त्यसमा हाम्रो कुनै रोकावट हुँदैन् । तर छानविन समिति अहिलेको आवश्यकता हो या होइन बुझ्न जरुरी छ, त्यही आधारलाई मूल्यांकलन गरेर हामी आफ्नो धारणा पनि दिइरहेका छौं ।’

पत्रकार सम्मेलनमा एमालेका सचिव ताप्लेजुङबाट प्रतिनिधि सभाका निर्वाचित साँसद एवं पूर्व मंत्री योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता नेकपा एमालेका मधेश प्रदेशका सचिव मनोज पौडेल लगायतका नेताहरुकोको सहभागिता थियो ।

 

कार्यक्रम प्रेस चोतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको थियो । एमालेका बरिष्ठ उपाध्यक्ष पोख्रेल नेकपा एमाले पर्साको नवौ जिल्ला अधिवेशनमा भाग लिन बीरगंज आएका हुन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.