logo

पर्सा प्रहरी प्रमुखको छड्के, समातिए रकम असुल्ने ट्राफिक प्रहरी,संयुक्त चेकजाँच शुरु

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ५ गते १४: ३४ मा प्रकाशित     438   पटक पढिएको

स्केच फाइल

बीरगंज । मालवाहक सवारी साधनसंग अनधिकृत रुपमा रकम असुल गर्ने तीन जना ट्राफिक प्रहरीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा तानिएको छ । गत आइतवार राती जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेलले परवानीपुरम छड्के अनुमगन गर्दा भारतीय माल वाहक सवारीसंग प्रति सवारी रकम असुल गरेको तथ्य फेला परेको हो ।


प्रहरी उपरिक्षक ढुंगेलले त्यही बेला नै परावानीपुर चेकिङ पोइन्टमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नीरिक्षक भास्कर अतिवडालाई बोलाएर ट्राफिक प्रहरीको बदमासीका बारेमा जानकारी गराएका थिए ।

ढुंगेलले प्रहरीको वर्दी लगाई सडकमा उभिएर मालवाहक गाडीका चालक मजदुरहरुसंग रकम लिने कुरा सहन गर्न नसकिने भन्दै पेशागत मर्यादा र कर्तब्य बिपरित काम गर्ने प्रहरीलाई कारवाही गर्न निर्देशन दिएका थिए ।


परवानीपुर ट्राफिक प्रहरी पोष्ट पनि नाजायज रकम असुली गर्ने ठाउँको रुपमा परिचित छ । स्रोतका अनुसार परवानीपुर पोष्टले दैनीक ६ हजार रुपैया प्रहरी नरिक्षकलाई बुझाउनु पर्ने बाध्यता रहेको दावी गरेको छ ।


हरेक पोष्टमा सरुवा भई जाने पोष्ट इन्चार्जले कार्यालय प्रमुखलाई दैनीक रुपमा रकम दिनु पर्ने बाध्यता सृजना गरेको आरोप खतिवडालाई लाग्दै आएको छ । भारतीय सवारी साधनका चालकहरुले पनि खुल्ला रुपमा ट्राफिक प्रहरीलाई रकम दिनु परेको बताउदै आएका छन ।

गत आइतवार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक ढुंगेलले परवानीपुरमा सडकबाट ट्राफिक प्रहरीलाई हटाएर नेपाल प्रहरीका जवानलाई सडकमा डिउटी खटाएका थिए । डिउटीमा खटिएका प्रहरीले भारतीय सवारी साधनसंग कागजपत्र माँगेर हेर्न खोज्दा चालकहरुले कागजमै रकम राखेर दिएका थिए ।

उनीहरुले कागजात माग्ने प्रहरीलाई आफूहरुले यसैगरि रकम दिने गरेको खुलाएका थिए । सडकमा उभिएर ट्राफिक प्रहरीले रकम माँग गरे प्रहरीको प्रतिष्ठामै आँच पुर्याएको भन्दै प्रहरी उपरिक्षक ढुंगेलले नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त डिउटीको ब्यवस्था मिलाउन निर्देशन दिए ।

स्रोतका अनुसार अहिले प्रहरीको संयुक्त टोलीले परवानीपुरमा चेकजाँच शुरु गरेको छ । प्रहरी निरिक्षक खतिवडाले प्रहरीहरु जिल्ला तानिएको बताए । उनले डिउटी फेला नपरेपछि जिल्ला तानिएको बताएका छन । उनले रकम असुलीको कुरा अस्वीकार गरेका छन ।

यद्धपी उनले एउटा अभिभावकलाई सबै कुरा थाहा नहुने भन्दै रकम उठाएको पनि हुन सक्ने कुरालाई नकार्न भने चाहेनन । कमाण्डरले संकेत नगर्दा सम्म तल्लो तहका प्रहरी कर्मचारीले पेशागत चरित्र र नैतिकतामा प्रश्न उठने गरि रकम असुल्ने काम गर्न नसक्ने एक प्रहरी अधिकृतले बताए ।

खतिवडाले यसरी उठेको रकम पथलैया स्थित ट्राफिक प्रहरी प्रमुख र मधेश प्रदेशका प्रहरी प्रमुखलाई समेत ब्यवस्थापन गर्ने गरेको स्रोतले दावी गरेको छ । जसले गर्दा खतिवडाले जति प्रश्न उठेपनि आफनो अभियान भने नछाडेको स्रोतको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.