logo

बीरगंजबाट चार प्रर्दशनकारी पक्राउ, प्रहरी कस्टडीमा यातना दिएको आरोप

 इसीमाना सम्वाददाता     २०८० चैत २३ गते ०५: ४१ मा प्रकाशित     681   पटक पढिएको

बीरगंज । प्रहरीले केही प्रर्दशनकारीलाई हिरासतमा राखेर यातना दिएको आरोप लगाइएको छ । स्थानीय प्रशासनले मुद्धा दर्ता गरेर आरोपी बिरुद्ध कुनै अनुसन्धान नगरेको भन्दै बिरोधमा उत्रिएका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

टायर बालेर बिरोधमा उत्रिएका प्रर्दशनकारी मध्यका चार जनाई प्रहरीले आफनो कस्टडीमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले बरकत अली,महम्मद नौसाद,शेख रमजान र महम्मद अफताबलाई आफ्नो कस्टडीमा लिएको हो ।

 

उनीहरुको गिरफ्तारी बिरुद्ध पनि बीरगंजमा प्रर्दशन गरिएको छ । प्रर्दशनकारीहरु जिल्ला प्रहरी कार्यालयमा नारावाजी सहित पुगेका थिए । उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बिरुद्ध नारावाजी गरेका थिए ।


प्रहरीले नियन्त्रणमा लिएका आफना साथीहरुलाई हिरासत भित्र यातना दिएको महम्मद शाहबुदिनले आरोप लगाएका छन । उनले प्रर्दशन गर्न पाउने प्रजातातान्त्रिक अधिकारलाई प्रहरीले बन्देज लगाएर अभिब्यक्तिको अधिकार कुण्ठीत गरेको आरोप लगाए । पर्सा प्रहरीले भने अहिले सम्म प्रर्दशनकारीहरुका बिषयमा के गर्ने भन्ने कुनै निर्णय नलिएको स्रोतले जनायो ।

पर्सा प्रहरीले कुनै यातना नदिएको पर्साका डिएसपी केशब न्यौपाने जनाए । बीरगंज महानगरका प्रमुख राजेशमानसिंह बिरुद्ध दर्ता भएको मुद्धामा कारवाही नभएको भन्दै स्थानीय प्रशासका बिरुद्ध बीरगंजमा दिनहु एउटा समुहले बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.