logo

बीरगंजबाट चार प्रर्दशनकारी पक्राउ, प्रहरी कस्टडीमा यातना दिएको आरोप

 इसीमाना सम्वाददाता     २०८० चैत २३ गते ०५: ४१ मा प्रकाशित     552   पटक पढिएको

बीरगंज । प्रहरीले केही प्रर्दशनकारीलाई हिरासतमा राखेर यातना दिएको आरोप लगाइएको छ । स्थानीय प्रशासनले मुद्धा दर्ता गरेर आरोपी बिरुद्ध कुनै अनुसन्धान नगरेको भन्दै बिरोधमा उत्रिएका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

टायर बालेर बिरोधमा उत्रिएका प्रर्दशनकारी मध्यका चार जनाई प्रहरीले आफनो कस्टडीमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले बरकत अली,महम्मद नौसाद,शेख रमजान र महम्मद अफताबलाई आफ्नो कस्टडीमा लिएको हो ।

 

उनीहरुको गिरफ्तारी बिरुद्ध पनि बीरगंजमा प्रर्दशन गरिएको छ । प्रर्दशनकारीहरु जिल्ला प्रहरी कार्यालयमा नारावाजी सहित पुगेका थिए । उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बिरुद्ध नारावाजी गरेका थिए ।


प्रहरीले नियन्त्रणमा लिएका आफना साथीहरुलाई हिरासत भित्र यातना दिएको महम्मद शाहबुदिनले आरोप लगाएका छन । उनले प्रर्दशन गर्न पाउने प्रजातातान्त्रिक अधिकारलाई प्रहरीले बन्देज लगाएर अभिब्यक्तिको अधिकार कुण्ठीत गरेको आरोप लगाए । पर्सा प्रहरीले भने अहिले सम्म प्रर्दशनकारीहरुका बिषयमा के गर्ने भन्ने कुनै निर्णय नलिएको स्रोतले जनायो ।

पर्सा प्रहरीले कुनै यातना नदिएको पर्साका डिएसपी केशब न्यौपाने जनाए । बीरगंज महानगरका प्रमुख राजेशमानसिंह बिरुद्ध दर्ता भएको मुद्धामा कारवाही नभएको भन्दै स्थानीय प्रशासका बिरुद्ध बीरगंजमा दिनहु एउटा समुहले बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.