logo

मेडिकल कलेजका एमडी दूईदिनको न्यायीक थुनामा, कालो बजारी ऐन अन्तर्गत अनुसन्धान हुदै, अन्य काूननले के भन्छ?

 इसीमाना सम्वाददाता     २०८० चैत २६ गते १८: ४९ मा प्रकाशित     516   पटक पढिएको

बीरगंज । नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक शाहनवाज अन्सारीलाई दूई दिन सम्म न्यायीक् हिरासतमा राख्न पर्सा जिल्ला अदालतले अनुमती दिएको छ । काला बजारी ऐन अन्तर्गत अन्सारी बिरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी केवश न्याैपानेले म्याद थप भएको जाकनारी दिए ।  अदालतले दुई दिन मात्र अनुसन्धानकोलागि म्याद दिएकोमा भने आम मान्छेले आश्चर्य ब्यक्त गरेका छन । 

अभद्र ब्यवहारमा थुनामा रहेकाहरुलाई अनुसन्धानका नाममा हप्ता भन्दा बढी न्यायीक हिरासतमा राख्न आदेश दिने पर्सा जिल्ला अदालतले मान्छेको जीवनसंग निरन्तर खेलवाड गर्दै आइरहेको यो मुद्धामा अनुसन्धानकालागि दुई दिन मात्र म्याद दिनुलाई बिशलेषकहरुले शंकाको नजरले हेरेका छन ।


शाहनवाज अन्सारी र प्रयोगशाला प्रमुख संजय साहलाई सोमवार गिरफ्तार गरेको थियो । अस्पतालको केन्द्रीय प्रयोगशालामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रयोशालामा म्याद गुज्रिएको ३३ प्रकाशरको रिऐजेन्ट रसायन फेला परेको थियो । प्रयोगशालामा म्याद गुज्रिएको रसायनको उपलब्धता मानवता बिरुद्धको अपराध भएको अधिकारकर्मीकाे भनाई छ ।

 

मंगलवार बिहान अस्पतालले एक बिज्ञप्ति निकालेर अस्पतालले म्याद गुज्रिएको केमीकल नष्ट गर्न संग्रह गरेको जनाएको छ । अहिलेका प्रयोगशालाहरुले हरेक २ वा ३ महिनामा म्याद सकिएको केमीकल नष्ट गर्ने गरेका छन । वा कम्पनीलाई फिर्ता गर्नु पर्ने भए गर्ने गर्दछन तर नेशनल मेडिकल कलेजको केन्द्रीय प्रयोगशालामा वर्ष २०२१ देखी म्याद गुज्रिएको केमीकल भेटिनुले अस्पतालले गरेको दावी झूट रहेको प्रष्ट पारेको छ ।

 

अस्पतालले स्वचालीत मेशीनको हवाला दिदै म्याद गुज्रिएको रिएजेन्ट मेशीनले नलिने दावी गरेको छ । तर प्रयोगशालामा म्यनुल मेशीनहरु पनि छन । स्वचालीत मेशीन उपलब्ध गराउनेले आफैले उपलब्ध गराएको केमीकलको मात्र प्रयोग गर्न इजाजत दिएको हुन्छ ।

 

मेशीनमा केमीकलको ( क्यूआर कोड जस्तै ) सम्पूर्ण बिवरण स्क्यान गर्नु पर्छ स्क्यान गरेको केमीकल मात्रै मेशीनले रिड गर्ने भएकोले अस्पतालको यो दावीमा पनि दम नभएको एक जना बिशेषज्ञ प्याथाेलाेजिष्टले बताए । यसो त प्रयोगशाला प्रमुख संजय साह प्रहरीको कस्टडीमा छन तर प्रवन्धक अन्सारी भने बीरगंज हेल्थकेयर अस्पतालको वतानुकुलीत डिलक्स कक्षमा उपचारको नाममा आराम फर्माइरहेका छन । रकमको खेलमा उनले यो सुविधा पाएका हुन भन्ने कुरामा द्विवदा छैन ।

 

अगाडिका दिनमा पनि रकमकै बलमा उनले उन्मक्ति पाउने लाख काट्नेहरुको कमी पनि छैन । नागरिकको जीवनसंग खेलवाड गरेर अकुत सम्पतीको साम्राज्य खडा गरेको नेशनल मेकिड कलेज र त्यसका अध्यक्ष डा. जैनुदिन अन्सारीलाई कानूनी कठघरामा ल्याउने र देशको कानून र नागरिकको स्वास्थ्य प्रति जिम्मेवार बनाउन पहल गर्ने कुरामा राजनीतिक नेतृत्व समेत चुकेको छ ।

 

स्रोतले भन्छ नेताहरु शाहनवाज अन्सारीलाई छुटाउन उनका बिरुद्ध मुद्धा नचलाउन सम्भव भएका सबै कर्म गर्न भ्याए तर सफल हुन भने सकेनन । नेताहरुको याही सिफारिश र सोर्स ने अनुसन्धानको म्यादलाई प्रभावित गर्न सफल त भएन भन्ने आशंका समेत जन्मेको छ ।

प्रहरीले मुद्धा दर्ता गरेर अनुसन्धानको प्रक्रिया शुरु भएको छ । अदालतले यसको न्यायीक निरुपण गर्ने बिश्वास रहेको एक कानून ब्यवसायीले बताए ।


प्रहरीले कुन अभियोगमा अनुसन्धान गर्दै छ


प्रहरीले शाहनवाज बिरुद्ध काला बजारी ऐन अन्र्तगत मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।
काला बजारी ऐनको दफा ७ मा औषधीमा मिसावट र मिसावट भएको औषधी बिक्रीःगरेमा उपदफा १ मा शुद्ध औषधी सरह बिक्री वा प्रयोग गराउने नियतले वा त्यसरी बिक्री वा प्रयोग गरिने सम्भव छ भन्ने जानी जानी औषधीको प्रभाव शुन्य हुने,घटी हुने वा बदलिने वा हानीकारक हुने गरी कसैले कुनै औषधीमा मिसावट गरेमा वा त्यस्तो मिसावट भएको वा म्याद नाघेको औषधी हो भन्ने जानी जानी बिक्री गरेमा वा बिक्री गरेमा वा बिक्री गर्न उधोग गरेमा वा बिक्री गर्न राखेमा वा उपचारको निमित्त कसैलाई दिएमा वा मिसावटको सम्बन्धमा जानकारी नभएका कुनै ब्यक्तिलाई त्यस्तो औषधी सेवा गर्न लगाएमा निजलाई देहाए बमोजीमको सजाय हुने छ ।


(क) ज्यानलाई खतरा पुग्ने समभावना भएमा जन्म कैद वा दश बर्ष सम्म कैद र जरिवाना ।


(ख) शरीरको कुनै अङ्गको शत्तिः क्षीण वा हरण हुनसक्ने भएमा दश वर्ष सम्म कैद र जरिवाना । 


(ग) अन्य अवस्थामा पाँच वर्ष कैद वा जरिवाना वा दुशै सजाय हुने प्रवन्ध छ ।


यदी संगठीत संस्थाले गरेको भन्ने दावी नेशनल मेकिडल कलेजले लियो भने पनि त्यसका अध्यक्ष प्रवन्ध निर्देशक , कार्यकारी प्रमुख अन्य निर्देशकहरु पनि सजायको भागीदार हुने कानूनी ब्यवस्था छ ।

के छ उपभोक्ता ऐन २०७५ मा

म्याद नाघेको रिएजेण्ट वा रसायनको प्रयोग बिरुद्ध उपभोक्ता ऐन २०७५ काे दफा ४० पनि आकर्षित हुन्छ । धारा ४० को उपदफा ३ को (क)मा दफा ३८ को खण्ड (ख) बमोजीमको कसुर गर्ने वा गराउनेलाई दुई वर्ष देखी ३ वर्ष कैद र तीन लाख देखी पाँच लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ । त्यस्तै २ को (ख) मा दफा ३८ को (च) बमोजीमको कसुर गर्ने वा गराउनेलाई दुई वर्ष देखी पाँच वर्ष सम्म कैद र ४ देखी ६ लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ । धारा ३८ को खण्ड (च) मा दफा १६ को उपदफा (२) को खण्ड (ख) (ग) (घ) (ङ) (च) (ज) (झ) (ट) (ड) (ढ) वा (थ) बमोजीमको अनुचित क्रियाकलाप गरेमा भनिएको छ ।

 

दफा १६ को उपदफा (२) को (ट)मा कुनै बस्तु उपभोग गर्दा उपभोक्तालाई हानी नोक्सानी वा क्षती पुग्ने गरि बिषादी वा रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग भएको बस्तु बिक्री गर्ने र दफा १६ कै उपदफा २ को खण्ड (क) मा बस्तु वा सेवाको वास्तविक गुणस्तर परिणाम मूल्य नाँप तौल ढाँचा वा बनावट ढाँटी लुकाई छिपाई वा झूक्याई त्यस्तो बस्तु वा सेवा बिक्री वा प्रदान गर्ने गरेमा दफा ४० अनुसारको दण्ड सजायको ब्यस्था छ ।


के छ औषधी ऐन मा

नेशनल मेडिकल कलेजको यो बदमासीमा औषधी ऐन २०३५ संशोधन २०७५ का प्रवन्धहरुपनि आकर्षित हुन्छन । ऐनको दफा ३० मा म्याद नाघेको औषधी बिक्री बितरण गर्न हुदैन भनेको छ । म्याद नाघेको औषधी बिक्री बितरणमा सोही ऐनको दफा ३० को खण्ड(घ) दण्ड सजायको ब्यवस्था छ ।

खण्ड (क) (ख) वा (ग) बाहेकको अन्य अवस्थामा पाँच वर्ष सम्म कैद र पचास हजार रुपैया जरिवाना हुने ब्यवस्था छ । म्याद नाघेको औषधीको बिक्री बितरणका सन्दर्भमा ऐनले गरेको सबैभन्दा कम सजाय यही नै हो ।

मुलुकी अपराध संहिता, २०७४ मा

नेशनल मेडिकल कलेजको प्रयोगशालाले म्याद गुज्रिएको रसायनको प्रयोग गरेर ठगी समेत गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –२१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरको धारा २४९ मा ठगी गर्न नहुनेः (१) कसैले ठगी गर्न वा गराउन हुँदैन । भनेको छ ।

२ उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ ।

(क) भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारकोे पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना,

(ख) आफनो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना,

(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबानाकाे ब्यवस्था छ । मेडिकल कलेजको प्रयोगशालाले गरेको बदमासीकोलागि ठगी अन्तर्गत यही प्रवन्ध आकर्षित हुने देखिन्छ ।


के छ फौजदारी अपराध संहिता २०७४ मा

फौजदारी अपराध संहिता २०७४ दफा २३६ मा म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुनेः (१) कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्न हुँदैन ।

दफा २मा उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

म्याद नाघेको केमीकलको प्रयोगबाट गरिने परिक्षणको प्रतिवेदन बास्तवीक भन्दा स्वभावीक रुपमा फरक हुने चिकित्सकहरुको मत छ । परिक्षण नै गलत भएपछि प्रतिवेदन पनि गलत हुनु स्वभाविक हो । प्रतिवेदन गलत हुदा फौजदारी अपराध संहिता २०७४ को दफा २३८ पनि आककर्षित हुन्छ । उक्त दफामा झुठ्ठा प्रतिवेदन दिन नहुनेः (१) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन ।

(२( उपदफा (१( बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.