logo

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

 इसीमाना सम्वाददाता     २०८३ सावन २० गते ०३: ३९ मा प्रकाशित     539   पटक पढिएको

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

 

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्रका युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी फलोअप प्रतिक्रिया (बाइट) लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

 

विज्ञप्तिअनुसार यादवले गजुरेललाई, तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, थाहा छ ? म अबदेखि तपाईंको फोन उठाउँदिन। थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु,भनेका थिए।

3-1785923832.jpg

उक्त अभिव्यक्तिलाई पत्रकारमाथिको मानसिक त्रास सिर्जना गर्ने, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण तथा कूटनीतिक आचरणविपरीतको कार्य भएको भन्दै विज्ञप्तिमा घोर भर्त्सना गरिएको छ।

 

पत्रकारिताको व्यावसायिक दायित्व निर्वाह गर्ने क्रममा जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु निन्दनीय र गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ।

 

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिनको माग गरेको छ। साथै, विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको सुरक्षा, सम्मान र भयरहित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

 

पत्रकार गजुरेलले गत हप्ता राजदूतावासले कर्मचारी भर्ना गर्न निकालेको सूचना अनधिकृत तोडमोड गरेको प्रमाणसहित समाचार लेखेको थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।

पोखरियाका वडाध्यक्षद्वारा पत्रकारलाई अपशब्द र कुटपिटको धम्की , प्रेस चौतारी पर्साद्वारा भर्त्सना

वीरगन्ज ।  पर्साको पोखरिया नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकारलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.