logo

मधेश प्रदेशमा जम्बो आकारको मंत्रीमण्डल बन्यो,शपथ ग्रहण सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ जेठ २५ गते ०२: ०८ मा प्रकाशित     336   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंहले मंत्रीपरिषद बिस्तार गरेका छन ।

उनी पछिको दोश्रो बरियताको मंत्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव रहेका छन ।

उनले भौतीक पूर्वाधार मंत्रालयको नेतृत्व सम्हालेका छन ।त्यस्तौ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले अर्थमत्रालयको जिम्मेवारी पाएका छन ।

नेकपा एकिकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले भूमी ब्यवस्था कृषि तथा सहकारी मंत्रालयको जिम्मा पाएका छन ।

447963010_7886279698070204_3242713400529063934_n.jpg?resize=720%2C960&ssl=1
त्यसैगरि माओवादीका युवराज भट्टराई उधोग बाणिज्य तथा पर्यटन,नेकपा एमालेका राजकुमार लेखी शिक्षा,शत्रुघ्न प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या,नेकपा एसकी बेची लुगेंली यर्जा सिचाई तथा खानेपानी मंत्रीमा नियुक्त भएका छन ।


त्यसैगरि खेलकुद तथा समाज कल्याणमा नेकपा एमालेका प्रमोद जयसवाल,गृह संचार तथा कानून मंत्रीमा बिमला अन्सारी,श्रम तथा यातायातमा उर्मिला चौधरी नियुक्त भएका छन ।

अन्सारी नेपाल संघीय समाजवादी र चौधरी नागरिक उन्मुक्ति पार्टीका हुन । त्यस्तै राज्यमंत्रीमा स्वास्थ्य राज्यमन्त्रीमा केशव राय,शिक्षा तथा संस्कृति राज्यमंत्रीमा शारदा थापा र रंजुकुमारी मंडल बिना बिभागीय राज्यमंत्रीमा नियुक्त भएका छन ।

 

मधेश प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमबिच मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ खाएका हुन ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.