logo

नेशनल मेडिकल कलेजमा छापा प्रवन्ध निर्देशक डा. शाहनवाज अन्सारी गिरफ्तार

 इसीमाना सम्वाददाता     २०८० चैत २५ गते १५: ५० मा प्रकाशित     1854   पटक पढिएको

बीरगंज । नेशनल मेडिकल कलेजका बीरगंजका प्रवन्ध निर्देशक डा.शाहनवाज अन्सारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शिक्षण अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएको रसायन ( केमीकल) को प्रयोग भएको पाइएपछि प्रहरीले अन्सारीलाई गिरफ्तार गरेको हो ।

 

डा. अन्सारी कलेजका अध्यक्ष प्रा.डा.जैनुदिन अन्सारीका छोरा हुन । प्रहरीले प्रयोगशालामा कार्यरत प्राविधिक संजय साहलाई समेत गिरफ्तार गरेको छ ।


नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको औषधीको प्रयोग हुने सूचना पाएपछि राज्यका बिभिन्न निकायको संयुक्त सहभागितामा कलेजको प्रयोगशालामा छापामारी भएको हो ।

 

बीरगंज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, बाणिज्य कार्याल, औषधी ब्यवस्था बिभाग, बीरगंज उधोगबाणिज्य संघ ,होटेल तथा पर्यटन ब्यवसायी संघ लगायत बिभिन्न निकायका प्रतिनिधिहरुको सहभागितामा छापामारी भएको हो ।

 

प्रयोगशालामा प्रयोग हुने ३३ किसीमको औषधी म्याद गुज्रिएको फेला परेको छ । ल्याबमा सन २०२१ मै म्याद सकिसकेको केमिकलसहितका औषधी बरामद भएको छ ।

 


प्रहरीका अनुसार धेरै परिमाणमा ल्याबबाट म्याद नाघेको (डेट एक्सपायर) केमिकल तथा औषधीहरु बरामद भएको छ । बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.