logo

तीन चीनीया नागरिक पक्राउ,थप अनुसन्धानकालागि दोभाषे झिकाइने

 इसीमाना सम्वाददाता     २०८० चैत १८ गते ०८: ३९ मा प्रकाशित     289   पटक पढिएको

वीरगंज । अनलाईन मार्फत ठगी धन्दा चलाईरहेका तीन जना चीनीया नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा कल सेन्टर संचालन गरेर ठगी गर्दै आइरहेका उनीहरुलाई प्रहरीले छापा मारेर पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लक्ष्मणवामा रहेको नन्दु पटेलको घर भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरको कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान, ल्यापटप ४ थान, विभिन्न ब्राण्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाइ राउटर २ थान, इन्भर्टर २ थान, विभिन्न बैंकको एटिएम कार्ड तीन थान, मलेसियन मुद्रा ३७ रिंगिट, कम्बोडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपैयाँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिककको पासपोर्ट तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रंगको आई ट्वान्टी कार एक थान र प्र.२(०३(०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको एसपी ढुंगेलले बताए ।

अनुसन्धानको क्रममा कल सेन्टर स्थापना गरि कर्मचारीहरू समेत राखि नेपाल, भारत, पाकिस्तान, लगायतका विभिन्न देशहरूमा रहेको व्यक्तिहरूसंग सोसल मिडिया तथा टेलीफोन मार्फत विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको देखिएको एसपी ढुंगेलले वताए ।

 

पक्राउ परेकाहरु अन्य देशका विभिन्न स्थानमा विभिन्न व्यक्तिहरूलाई एजेन्ट बनाई ठगी गर्ने गरेको र ठगी गरेको रकम भारतीय विभिन्न बैंकहरू मार्फत कारोबार हुने गरेको देखिएको एसपी ढुंगेलले जानकारी गराए ।

पक्राउ परेका व्यक्तिहरू चिनिया नागरिकहरु विरुघद्ध हाल अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको र निजहरूको संवाद प्रायजसो चिनिया भाषामा रहेकोले सो सम्बन्धमा अनुसन्धान गर्न दोभाषेलाई बोलाई थप प्रमाणहरु फेला पार्न कार्य भइरहेको उनले वताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.