logo

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

 इसीमाना सम्बाददाता     २०८३ मंसिर ३ गते ०३: २५ मा प्रकाशित     105   पटक पढिएको

 वीरगंज | चीनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगंजका तीन खेलाडीलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ ।

 

 चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा सञ्चालन भएको हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र काश्य पदक जितेका खेलाडीलाई महानगरपालिकाले आज सम्मान गरेको हो ।

 

 प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगंजबाट गएका तीनै जनाले पदक जित्न सफल भएका थिए ।

 

 प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए ।

 

 प्रतियोगितामा अवन्तिका झाले आफ्नो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् भने सान्वी शर्मा र अवन्सिका गुप्ताले काश्य पदक हासिल गरेका थिए ।

 

प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा सहभागी वीरगंजका तीनै खेलाडीले पदक जित्न सफल भएका हुन् ।

 

 खेलाडीहरूलाई सम्मान गर्दै महानगर प्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगंजको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे ।

 

खेलाडीहरूको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीको मेहनत, लगनशीलता र प्रतिभाको प्रशंसा गरे |

 महानगर प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि वीरगंज महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको पनि बताए ।

खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन महानगरले आगामी दिनमा पनि सहयोग गर्ने उहाँको भनाइ थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यौनजन्य हिंसाविरुद्ध वीरगञ्जमा प्रहरीको सचेतना र्‍याली

वीरगञ्ज  । यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले वीरगञ्जमा सचेतनामूलक र्‍याली निकालिएको छ।

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.