logo

सीमामा आउदा कमजोरी सुधार्ने प्रतिवद्धता जनाउने सशस्त्र प्रहरीका महानीरिक्षक अर्यालले काठमाण्डौमा गलत ब्रिफिङ्ग गरे

 इसीमाना सम्वाददाता     २०८० चैत १४ गते ०८: २० मा प्रकाशित     708   पटक पढिएको

बीरगंज। चैत्र ९ गते बीरगंजमा सशस्त्र प्रहरीले “सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

 

त्यही कार्यक्रममा सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले मा अनधिकृत कारोवार नियन्त्रणमा भएको कमजोरी सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

तर १४ गते बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको झूठो तर्क राखेका छन ।

 

मधेश प्रदेशको सप्तरी,धनुषा, महोत्तरी ,सर्लाही, रौतहट र बाराका सीमावर्ती क्षेत्रबाट अनधिकृत कारोवार निर्वाध रुपमा भइरहेको छ । बीरगंजमा पत्रकार ब्यपारी र नागरिक समाजका अगुवाले तस्करीका कारण बैध ब्यपार गर्नेहरुको संरक्षण नभएको भन्दै प्रहरीले तस्करी नियन्त्रण नगरेको भन्दै चर्को गुनासो गरेका थिए ।


सीमामा पहिलो पंक्तिमा राजस्व चुहावट नियन्त्रण र सीमाको रक्षाकोलागि तैनाथ सशस्त्र प्रहरीको भूमिका प्रति धुवाँधार कुरा उठेपछि रक्षात्मक भएको महानीरिक्षक अर्यालले बुधवार भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तस्करी संजालको रुपमा नरहेको भन्दै आफ्नो संगठनको बचाउ गर्ने असफल कोशीस गरे ।

समितिमा उनले ब्यक्ति बिशेषले तस्करी गरेको हुन सक्ने भन्दै तस्करी भइरहेको भने स्वीकार गरेका छन । रौतहटमा सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी फिल्डमा हुदा हुदै राजस्व बिभागले छापमारी गरेर सामान बरामद गरेको तथ्य लाई कसरी लिनु भएको छ भनेर प्रश्न राख्दा महानीरिक्षक अर्यालले कुनै जवाफ दिएका थिएनन ।

अर्यालले बीरगंजको भ्रमण गरेको अघिल्लो रात बीरगंजमा नेपाल प्रहरीले आदर्शनगरको एक गोदाममा छापा मारेर १८ लाख बराबरको सामान बरामद गरेको थियो ।

सोही दिन पथलैयामा पनि तस्करीको समान नेपाल प्रहरीले नियनत्रणमा लिएको थियो । यि प्रश्नहरु उनको सामु राख्दा रक्षात्मक भएका महानीरिक्षक अर्यालले कमजोरी सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । तर तिनै महानीरिक्षक अर्यालले नीति निर्माताहरुलाई गलत ब्रिफिङ गरेका छन ।


महानीरिक्षक अर्यालले राज्य ब्यवस्था समितिमा दिएको अभिब्यक्ति भन्दा मधेश र सीमावर्ती क्षेत्रको अवस्था रहेको तथ्यलाई किन लुकाएका होलान ? भन्दै त्यही कार्यक्रमका एक सहभागीले प्रश्न गरे ।


तस्करीका ट्रकहरु नियन्त्रण लिन नसकेको सशस्त्र प्रहरीले सीमाबाट एक दुई बोरा मल खाद चामल ल्याउदा भने सीमाका नागरिकलाई सास्ती दिने गरेको छ ।

यही कुरालाई उनले कानूनको पालना गरेको भन्दै सीमा क्षेत्रका नागरिक कारवाहीको दायरामा पर्दै आएको बताएका थिए । उनले ब्यवहारिक कानून नभएको भन्दै आफनो कमजोरीलाई स्थापित गर्न खोजेका थिए । जुन राज्य ब्यवस्था समितिको बैठकमा पनि दोहर्याएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.