logo

खतिवडाको कमाउ धन्दाले ट्राफिक प्रहरी बदनाम, सडकमै उत्रिए पर्सा प्रहरी प्रमुख ढुंगेल

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ११ गते ०६: ५० मा प्रकाशित     618   पटक पढिएको

चेकजाँचमा सहभागी पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेल

वीरगन्ज । ट्रफिक प्रहरी निरिक्षक भास्कर खतिवडाको मुद्रामोहका कारण बीरगंजको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुदै आएको छ ।

ट्राफिक प्रहरीको कमाउधन्दाका कारण सवारी चालकहरुले निकै समस्या झेली रहेका छन । खतिवडाले पोष्टमा जाने इन्चाजबाट दैनीक रकम असूल्दै आएको प्रवृतिमा सुधार नआएपछि पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेल आफै मैदानमा उत्रिएका छन ।

प्रहरी प्रमुख मंगलवार गढीमाईको दर्शन गरेर फर्किएका थिए । बिहानको साढे १० बजेको हुदो हो । बीरगंज बसपार्कमा शाह पाराडाइज होटेलको अगाडि उनी सडकमा उत्रिए ।

जताततै सवारी ब्यवस्थापनमा देखिएको अराजकताका कारण उनी सडकमा उत्रिएर आफनै निगरानीमा चेकजाँच शुरु गरे । बीरगंज बसपार्कमा लालबाबु सहनी ट्राफिक प्रहरीका इन्चार्ज हुन ।

२ हप्ता अगाडि उनको त्यहा पोष्टिङ भएको हो । स्रोतका अनुसार सहनी भन्दा अगाडिका प्रहरीले यात्रुबाहक वसका काउन्टबाट दैनीक ५० रुपैया लिने गरेकोमा सहनीले १ सय रुपैया लिने गरेका छन ।

बसपार्क भएरै निस्कनु पर्ने म्याजीक गाडी बसपार्क एरियामा बिरलै फेला पर्छन । बिशेष नजराना लिएर सहनीले तिनलाई जाहाबाट चल्दा पनि हुने ब्यवस्था मिलाई दिएका छन ।

सहनीले यसरी आर्जन गरेको रकमबाट खतिवडाको खल्तीमा प्रतिदिन २ हजार जाने गरेको स्रोतको दावी छ । सहनीले बसपार्क क्षेत्रत्मा तीन पाङ्ग्रेलाई पनि सहुलिएत दिएका छन ।

cef46e56-c030-4c0e-b75c-4dd9d8722941-gk7utw1qohlfpymwl3lg20okcwzdnstm4od1oahd-msBGGLOPFBZMgXYOxOgaZIvQZA3KNCoPEG2Qvo0Z.jpg

ट्रफिक प्रहरी निरिक्षक भास्कर खतिवडा

बसपार्कको चौबाटोमा उनीहरुलाई पार्किङको ब्यवस्था मिलाईदिएका छन । सहनीको मुद्रामोहका कारण बसपार्क क्षेत्रमा देखिएका ट्राफिक अब्यवस्थालाई अन्त्य गर्न मंगलवार ढुंगेल आफै खटिएर ४५ सवारी साधनालाई कारवाही गरे ।

 

र इमानका साथ कर्तब्य निर्वाह गर्न सन्देश दिए । नेपाल प्रहरीको बसपार्कको पुरा युनिटलाई प्रहरी प्रमुख ढुंगेलले तानेर प्रहरीको बर्दीको सम्मान गर्दै पेशागत आचरण र ब्यवहार प्रर्दशीत गर्नु पर्ने सन्देश आन्तरिक रुपमा पनि प्रवाह गरेकै छन ।


ढुंगेलले एक हप्ता अगाटि भाटभटेनी अगाडिको मुख्य सडकमा उत्रिएर मोटरबाइकमा तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता ट्राफिक नियमको परिपालना नगर्नेहरुलाई कारवाही गरेका थिए ।


परवानीपुरमा त भारतीय सवारी साधनसंग पैसा उठाउदै गरेका घिमिरे थरका एकजना प्रहरीलाई भकुरेका समेत थिए ।

सवारी साधनको ब्यवस्थापन तथा दुर्घाटना न्युनिकरणको लागि खतिवडाको कमाण्डमा खटिएको ट्राफिक प्रहरी मुद्रामोहमा लागेकोले बीरगंजको ट्राफिक ब्यवस्थापन कमजोर भएको छ ।

खतिवडालाई कमाण्ड गर्ने ट्राफिक प्रहरीको मधेश प्रदेश कार्यालय पथलैयाका प्रहरी उपरिक्षक र नेपाल प्रहरीको मधेश प्रदेशको नेतृत्व समेत लाभान्वित हुदै आएको आरोप लाग्ने गरेको छ । खतिवडालेपनि सबैको ब्यवस्थापन गरेकोले नै कमजोरी सुधारको प्रतिवद्धता जनाएपनि आफनो रबैया भने कायम राखेको स्रोतले जनायो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.