logo

खतिवडाको कमाउ धन्दाले ट्राफिक प्रहरी बदनाम, सडकमै उत्रिए पर्सा प्रहरी प्रमुख ढुंगेल

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ११ गते ०६: ५० मा प्रकाशित     736   पटक पढिएको

चेकजाँचमा सहभागी पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेल

वीरगन्ज । ट्रफिक प्रहरी निरिक्षक भास्कर खतिवडाको मुद्रामोहका कारण बीरगंजको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुदै आएको छ ।

ट्राफिक प्रहरीको कमाउधन्दाका कारण सवारी चालकहरुले निकै समस्या झेली रहेका छन । खतिवडाले पोष्टमा जाने इन्चाजबाट दैनीक रकम असूल्दै आएको प्रवृतिमा सुधार नआएपछि पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेल आफै मैदानमा उत्रिएका छन ।

प्रहरी प्रमुख मंगलवार गढीमाईको दर्शन गरेर फर्किएका थिए । बिहानको साढे १० बजेको हुदो हो । बीरगंज बसपार्कमा शाह पाराडाइज होटेलको अगाडि उनी सडकमा उत्रिए ।

जताततै सवारी ब्यवस्थापनमा देखिएको अराजकताका कारण उनी सडकमा उत्रिएर आफनै निगरानीमा चेकजाँच शुरु गरे । बीरगंज बसपार्कमा लालबाबु सहनी ट्राफिक प्रहरीका इन्चार्ज हुन ।

२ हप्ता अगाडि उनको त्यहा पोष्टिङ भएको हो । स्रोतका अनुसार सहनी भन्दा अगाडिका प्रहरीले यात्रुबाहक वसका काउन्टबाट दैनीक ५० रुपैया लिने गरेकोमा सहनीले १ सय रुपैया लिने गरेका छन ।

बसपार्क भएरै निस्कनु पर्ने म्याजीक गाडी बसपार्क एरियामा बिरलै फेला पर्छन । बिशेष नजराना लिएर सहनीले तिनलाई जाहाबाट चल्दा पनि हुने ब्यवस्था मिलाई दिएका छन ।

सहनीले यसरी आर्जन गरेको रकमबाट खतिवडाको खल्तीमा प्रतिदिन २ हजार जाने गरेको स्रोतको दावी छ । सहनीले बसपार्क क्षेत्रत्मा तीन पाङ्ग्रेलाई पनि सहुलिएत दिएका छन ।

cef46e56-c030-4c0e-b75c-4dd9d8722941-gk7utw1qohlfpymwl3lg20okcwzdnstm4od1oahd-msBGGLOPFBZMgXYOxOgaZIvQZA3KNCoPEG2Qvo0Z.jpg

ट्रफिक प्रहरी निरिक्षक भास्कर खतिवडा

बसपार्कको चौबाटोमा उनीहरुलाई पार्किङको ब्यवस्था मिलाईदिएका छन । सहनीको मुद्रामोहका कारण बसपार्क क्षेत्रमा देखिएका ट्राफिक अब्यवस्थालाई अन्त्य गर्न मंगलवार ढुंगेल आफै खटिएर ४५ सवारी साधनालाई कारवाही गरे ।

 

र इमानका साथ कर्तब्य निर्वाह गर्न सन्देश दिए । नेपाल प्रहरीको बसपार्कको पुरा युनिटलाई प्रहरी प्रमुख ढुंगेलले तानेर प्रहरीको बर्दीको सम्मान गर्दै पेशागत आचरण र ब्यवहार प्रर्दशीत गर्नु पर्ने सन्देश आन्तरिक रुपमा पनि प्रवाह गरेकै छन ।


ढुंगेलले एक हप्ता अगाटि भाटभटेनी अगाडिको मुख्य सडकमा उत्रिएर मोटरबाइकमा तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता ट्राफिक नियमको परिपालना नगर्नेहरुलाई कारवाही गरेका थिए ।


परवानीपुरमा त भारतीय सवारी साधनसंग पैसा उठाउदै गरेका घिमिरे थरका एकजना प्रहरीलाई भकुरेका समेत थिए ।

सवारी साधनको ब्यवस्थापन तथा दुर्घाटना न्युनिकरणको लागि खतिवडाको कमाण्डमा खटिएको ट्राफिक प्रहरी मुद्रामोहमा लागेकोले बीरगंजको ट्राफिक ब्यवस्थापन कमजोर भएको छ ।

खतिवडालाई कमाण्ड गर्ने ट्राफिक प्रहरीको मधेश प्रदेश कार्यालय पथलैयाका प्रहरी उपरिक्षक र नेपाल प्रहरीको मधेश प्रदेशको नेतृत्व समेत लाभान्वित हुदै आएको आरोप लाग्ने गरेको छ । खतिवडालेपनि सबैको ब्यवस्थापन गरेकोले नै कमजोरी सुधारको प्रतिवद्धता जनाएपनि आफनो रबैया भने कायम राखेको स्रोतले जनायो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.