logo

अव पुराना सोच र मान्यता बोकेर नयाँ युगमा प्रबेश गर्न सकिदैनः सचिव श्रेष्ठ

 इसीमाना सम्वाददाता     २०८१ असार ८ गते ०८: ३३ मा प्रकाशित     548   पटक पढिएको

बीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा वीरगञ्जमा भब्य कार्यक्रम आयोजना सम्पन्न भएको छ । पार्टीले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै दोस्रो स्थापना दिवस मनाएको हो ।

 

कार्यक्रममा पर्सा जिल्लाका राजनीतिक दलका नेताहरु, संबिधान सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शंकर श्रेष्ठले सुशासनको मूल मन्त्रलाई रास्वपाले आत्मसाथ गरेको बताए ।उनले पुराना राजनीतिक दलहरुप्रति नागरिकमा निराशा बढ्दै गएको हुँदा रास्वपा अगाडि आएको तर्क गरे ।

 

उनले अव पुराना सोच र मान्यता बोकेर नयाँ युगमा प्रबेश गर्न नसक्ने भएकोले समयानूकुल बिचार बोक्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

 

उनले आफ्नो पार्टीले जनताको चाहाना, बिचार र समस्याको उठान गरेको हुनाले नै सबै उमेर समुह र तह र तप्काका नागरिकको आकर्षण बढेको बताए ।

पार्टीका जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंका सचिब दिपेन्द्र चौहानले अव पनि जनताको बिचारलाई बोकेर काम गरिएन भने कसैको पनि भलो नहुने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति जनर्दन सिँह क्षेत्री,्रदेश सभाका सदस्य श्याम पटेल, पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, संविधान सभा सदस्य अजय द्विवेदी, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, पूर्व मेयर विजय कुमार सरावगी, जसपाका अध्यक्ष राम नरेश यादव वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी, नेकपा एमाले सचिब महेश दास, जसपाका सचिब तवरेज आलम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा। सुबोध गुप्ता, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्व अध्यक्ष गोपाल केडिया, अनुज रूंगटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पर्साका संयोजक पन्तले पर्सा जिल्लामा संगठन विस्तारको क्रमलाई तिव्रता दिने बताए । आफ्नो कार्यकालमा पर्सामा रास्वपालाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पन्तले प्रतिबद्धता व्यक्त गरे ।रास्वपा मधेश प्रदेशका सदस्य दिलिप कुर्मीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.