logo

मधेश बिश्वबिद्यालयको पूर्वाधार निर्माणकालागि मधेश सरकार चाहिए जती लगानी गर्न तयार छः मुख्यमंत्री यादव

 इसीमाना सम्वाददाता     २०८० चैत २४ गते ०८: ३७ मा प्रकाशित     420   पटक पढिएको

वीरगञ्ज ।मधेश सरकारका मुख्यमंत्री सरोज कुमार यादवले मधेश बिश्वबिद्यालयको पूर्वाधार निर्माणकालागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।


मधेस विश्वविद्यालयले नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ स्थापनाको स्मरणमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने जग्गा उपलब्ध गराउनु डिपीआर बनाएर आउनुस चाहिने बजेट हाल्छु ।

May be an image of 7 people, dais and text
मुख्यमंत्री यादवले मधेश बिश्वबिद्यालय मधेश प्रदेशको गौरवको योजना भएको बताए । उनले भने छिटो गरौ मेरै कार्यकालमा निर्माण र उद्धघाटन गर्नु पर्छ ।

उनले सरकारहरुको ठेगान नहुने भन्दै बिश्वबिद्यालयको पूर्वाधार निर्माणको काम आफ्नो प्रथामिकतामा रहेको बताए । उनले बिकास निर्माणकालागि सबैलाई पार्टी भन्दा माथि उठन पर्ने बताए ।

नेपालको पहिलो विश्वविद्यालयको परिकल्पनाले नै आज मधेस विश्वविद्यालय स्थापना गर्न सफल भएको भन्दै नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालयको स्मरण गरिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले वि.सं. २००७ सालमा राणाशासनको अन्त्यपछि वीरगन्जमा उच्च शिक्षाको लागि महाविद्यालयको आवश्यकता महशुस गरेर वीरगन्जमै विश्विद्यालय स्थापना गरिएको तथ्य रहेको बताए ।

 May be an image of 8 people, people studying, dais, crowd and text

वीरगन्जको श्रीपुरमा रहेको नेपाल राष्ट्रीय विद्यापीठ माध्यामिक बिद्यालयमा २००७ साल चैत्र २५ गते आजकै दिन नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालयको स्थापना गरिएको थियो ।

०२८ साल सम्म बिश्वबिद्यालयले काम गरेको भएता पनि त्यही सालमा आएको शिक्षा ऐनका कारण बिश्वबिद्यालयको काममा रोक लगाइएको जानकारहरुले बताउछन। बिश्वबिद्यालयको त्यही स्थापनाको निरन्तरताको कडीको रुपमा मधेश बिश्वबिद्यालयको निर्माण भएको वक्ताहरुले बताएका छन ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिसिभा सदस्य प्रदीप यादवले मधेस विश्वविद्यालय स्थापना ऐतिहासिक मधेस आन्दोलनको उपलब्धि भएको र यसको पूर्वाधार निर्माणमा मधेस प्रदेश सरकारको मुख्य जिम्मेवारी रहेको बताए ।May be an image of 3 people and text

यादवले पहिले वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि संकलन गरिएको ६ करोड भन्दा बढी रकम बैंकमा राखेर ब्याज खाईरहेको हुँदा त्यसलाई ठाकुरराम बहुमुखी क्याम्पसको छात्रावास निर्माणमा खर्च गर्न सुझाव दिए ।

कार्यक्रममा शिक्षा तथा सस्कृति मन्त्री एवं मधेस विश्वविद्यालयका सहकुलपति प्रमोद जयसवालले मधेश सरकारले मधेश साक्षरता अभियान संचालन गर्ने जानकारी दिए । मानव बिकास सूचकांक, साक्षतारको अवस्थामा मधेश निकै पछाडी रहेको भन्दै मंत्री जयसवालले मधेशका नागरिक समाज र नागरिकको सहयोगमा शिक्षामा रहेको बेथिति नियन्त्रणकालागि सरकार क्रियाशिल हुने बताए । उनी सबैसग सहयोगको अपिल गर्दै मधेशको शिक्षामा सुधार नहुदा सम्म मधेशको समृद्धिको सपना पुरा नहुने बताए । कार्यक्रममा पूर्व मुख्यमंत्री लालबाबु राउत, पूर्वमन्त्री नागेन्द्र चौधरी पत्रकार चन्द्रकिशोर लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विश्वविद्यालयका रजिष्ट्रार विजय यादवले र स्वागत डा.हरेराम ठाकुरले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.