logo

सुन तस्करीका नाइके दावा संग डिल गर्ने अध्यागमनका महानिर्देशक अधिकारी मंत्रालयमा तानिए

 इसीमाना सम्वाददाता     २०८० भदौ ७ गते ०६: २८ मा प्रकाशित     677   पटक पढिएको

काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रनलयले मंत्रालयमा तानेर जगेडामा राखेको छ ।

सुन तस्करीका नाइके दावासँग लामो कुराकानी गरेको प्रमाण बाहिरिएपछि सीआईबीको अनुसन्धानमा तानिनुपर्ने अधिकारी गृह मन्त्रालयमा ताने पछि मंत्रालय अधिकारीलाई जोगाउने खेलमा लागेको आशंका हुन थालेको छ।


साउन २ मा राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार बाहिरबाट बरामदको ६० किलो सुनको अनुसन्धानका क्रममा बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो ।

दावाको फोन फरेन्सिक ल्यावबाट परीक्षण गर्दा अधिकारीसँग कुराकानी भएको भेटिएको थियो । वी–च्याट संवादमा दावाले ठूलो पैसाको ठुलो काम भएकाले भेट्नु पर्ने भनेका थिए । जवाफमा अधिकारीले ‘ओके स्योर’ भन्ने जवाफ फर्काएका थिए ।


स्रोतका अनुसार समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी थियो । तर बिहिबार अधिकारी मन्त्रालय तानिए ।

कनेक्सन पुष्टि हुने संवाद बाहिरिएपछि अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाउनुपर्ने गृहले मन्त्रालय तानेर संरक्षण गर्न खोजेको आशंकालाई बलियो बनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने आफू दोषीलाई कारबाही गर्ने विषयमा सम्झौता नगर्ने भएकाले यस्तो आशंका नगर्न आग्रह गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.