logo

सुनतस्करी प्रकरण ,गृहमंत्रालयनै शंकाको घेरमा ,गृहमन्त्रीको भूमीकामा उठयो गम्भिर प्रश्न

 इसीमाना सम्वाददाता     २०८० भदौ ६ गते ०७: १२ मा प्रकाशित     435   पटक पढिएको

काठमाडौं । साउन २ मा विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन र राजश्व अनुसन्धान विभागले टोखामा फेला पारेको सुनको फ्याक्ट्रीसँग मिल्दोजुल्दो कारोबारमा गृह मन्त्रालय मुछिएको छ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृहमन्त्रालयको सबै भन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी बीच सुन तस्करीको पूर्व सूचना आदान–प्रदान र रकम लेनदेनको प्रमाण फेला परेको हो ।

महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, यसको प्याकेजिङ आयात र आदान प्रदानको बिषयमा कुराकानी भएको तथ्य सार्वजनीक भएको छ । अधिकारी र दावाको वीच्याटमा त्यसपछि पनि दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि देखिन्छ ।

तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृहमन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । १४ साउनमा ठमेलको भियाना होटलबाट दावा छिरिङ पक्राउ परेका थिए ।

 

‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ति सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतले भन्यो, ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदैछ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।

 

सोही आधारमा अधिकारीले सुन पास गराउन गृह मन्त्रालयको सबै प्रबन्ध मिलाउने गर्दथे । त्यसैको आधारमा अधिकारीले दावासँग मोटो रकम बुझ्थे । अहिले भेटिएको प्रमाण टोखाको फ्याक्ट्रीमा बरामद भएको सुन झिकिएको मोटर, मिक्चर लगायतका विद्युतीय उपकरणसँग मिल्दोजुल्दो छ ।’

अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेका छन् ।

No description available.
दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् ।

 

जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् । महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र हुन् ।

अनुसन्धान अधिकारीहरुकाअनुसार महानिर्देशक अधिकारी र दावाबीच २०७८ असार ७ देखि यता निरन्तर संवाद हुने गरेको देखिएको छ । ५ साउन २०७९ देखिका संवादमा भने राम्रो काम भएको भन्दै रकम लेनदेनका कुराकानी छन् ।अधिकारी गृहमंत्री श्रेष्ठका निकै भर लाग्दा मान्छे हुन ।

 

श्रेष्ठकै जोडबलमा उनी ०७९ फागुणमा अध्यागमनको हाकीम भएका थिए । ०७९ को १७ चैतमा नारायणकाजी श्रेष्ठ भौतिक तथा यातायात मन्त्रालय छोडेर उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा आए । त्यसको ठिक एक महिनाअघि १६ फागुनमा अधिकारीले अध्यागमन विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.