logo

“आफ्नै साथी, आफ्नै पार्टी ” पार्टी प्रवेशको लहर चल्दै, पर्सामा १ हजार बढीले रोजे एमाले

 इसीमाना सम्वाददाता     २०८० भदौ २४ गते ११: ०० मा प्रकाशित     927   पटक पढिएको

बीरगंज । नेकपा एमालेले पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ हजार १ सय जनाले एमाले प्रवेश गरेका छन ।


कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा, लोसपाबाट परित्याग गरी उनीहरु नेकपा एमालेमा प्रवेश गरेका हुन ।

May be an image of 6 people, people standing, office and text

जनता समाजवादी पार्टीका नेसार समानी नेपाली कांग्रेसका बृजेश्वर चौधरी,नगिना राउत,दीपेन्द्र यादव ,गोरा महतो थारु,शंकर साहको नेतृत्वमा उनीहरु नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमालेका प्रदेश कमिटी सदस्य सलाउदिन अहमदले जानकारी दिए ।

 

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई पर्सा इन्चार्ज अच्यूत मैनाली लगायतका नेताहरुले आजिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

May be an image of 6 people and text
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता भट्टराइले पार्टीमा प्रवेश गर्नु भएका सबैलाई उचित जिम्मेवारीको प्रवन्ध मिलाउने बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकंक्षा नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने भएकोले नेकपा एमालेलाई बजवुत शक्तिशाली बनाउनुको बिकल्प नरहेको बताए ।

 

उनले अहिलेको सरकार नेपाली जनताको आधारभूत आवश्यकताको आपूर्तीमा असफल भएको बताए । जनताको दुःख सुखमा मलहम लगाउन नसक्ने सरकारको अर्थ नरहेको चर्चा गर्दै किसानलाई राहत छैन उत्पादनको मूल्य छैन समयमा बिउ बिजन मलखाद छैन अनी यो सरकार काहाँ छ ? कसकालागि छ भन्दै प्रश्न गरे ।

May be an image of one or more people, crowd and temple

सरकार संचालनमा रहेका पार्टीका नेताहरु बिभिन्न भ्रष्टाचारका काण्डमा मुछिदै गएका छन अनुसन्धान प्रभावित भइरहेको सबैले देखेका छौ उनले भने“यो सरकार सुशासन होइन कुशासनको पक्षमा देखिन्छ जनताको पक्षमा होइन अनधिकृत कारोवार गर्नेहरुको पक्षमा देखिन्छ” ।

तबरेज अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पर्सा इन्चार्ज अच्यूत मैनाली ,केन्द्रीय सदस्य प्रभू हजरा, अरविन्द सिंह, पार्टीका जिल्ला अध्यक्ष डा. बिश्वम्भर शर्मा,जालिम मिया, बीरेन्द्र यादव, सलाउदिन अहमद मनोज गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

May be an image of 6 people, barong, temple, dais and text

यसैगरि आफ्नै साथी, आफ्नै पार्टी ,पार्टी पुनर्मिलन कार्यक्रम अन्र्तगत बारामा पनि एमालेमा प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
बारा जितपुर सिमरा उपमहानगर पालिकामा ईश्वर ढकाल, छन्नु चौधरी, रामबिहारी चौधरी, राजेश बछार, फुलेना यादब, अश्विनी गौतम, देबमाया अर्याल, अमृता रेग्मी लगायत ५० जना नेकपा समाजवादीबाट नेकपा एमालेमा समाहित भएका छन ।

May be an image of 6 people, people standing, plant and text
त्यसैगरी रा.प्र.पा.का जिविसका पुर्व सदस्य वीरेन्द्र यादब लगायतका दर्जनौ ब्यक्तिहरु पनि नेकपा एमालेमा प्रवेश गरेका छन । उनीहरु सबैलाई नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई पर्सा इन्चार्ज अच्यूत मैनाली लगायतका नेताहरुले आजिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.