logo

मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सव, पूर्व मुख्यमंत्री राउतले सन्तोष ब्यक्त गरे

 इसीमाना सम्वाददाता     २०८० भदौ २२ गते ०९: २१ मा प्रकाशित     472   पटक पढिएको

बीरगंज । मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वर्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मंत्री महेश यादवले अध्ययन अध्यापन तथा अनुसन्धानको माध्यमले मधेशको आवश्यकताको आपूर्तीमा बिश्व बिद्यालयले योगदान दिने बिश्वास ब्यक्त गरे ।

 


उनले मधेशको बिश्व बिद्यालय मधेश प्रदेशको स्रोतले मात्र संचालन अप्ठयारो हुने भएकोले संघीय सरकार बैदीशीक सहायताकोलागि आवश्यक पहल गरिनु पर्नेमा जोड दिए ।


कार्यक्रमलाई समबोधन गर्दै मधेश बिश्वबिद्यालयका स्वप्नद्रष्टा मधेश प्रदेशका निर्वतमान मुख्यमत्री लालबाबु राउतले अहिले मधेश बिश्वबिद्यालयले सबै क्षेत्रबाट प्रशंसा पाएको देख्दा आफूले ठिकै गरेको भन्दै सन्तोष ब्यक्त गरे ।


पूर्वमुख्यमंत्री एवं प्रदेश सभाका सदस्य राउतले मधेशलाई शिक्षाको हव बनाउने आफनो योजना रहेको र त्यसलाई पुरा गर्नकालागि तीनवटा बिश्वबिद्यालयहरु प्रस्तावित गरिएको बताए ।


उनले बिश्वबिद्यालयले यहाको आवश्यकता पुरा गर्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा बिश्वबिद्यालयका उपकुलपती प्रा.डा.दीपक शाक्यले अहिलेको शैक्षीक सत्रबाट बिए एलएलबिको कक्षा सांचालनको तयारी गरेको बताए ।

 

उनले पाँच लाख रुपैयामामा अध्यापन गििरने गरि शुल्क निर्धारण गरेको जानकारी दिए । उनले बिश्वबिद्यालयको भौतीक पूर्वाधार मुख्य बिषय रहेको चर्चा गर्दै बहुदरमाईमा वडा नं २ मा करिब ४० बिगाह जग्गाको ब्यवस्था भएको जानकारी दिए ।

 

त्यसैगरि पोखरिया कट्टी मठमा पनि जमिन पाइएको जानकारी दिए । अव पूर्वाधार निर्माणको काममा ध्यान दिने डा. शाक्यले जानकारी दिए । उनले मधेशको आवश्यकता अनुसारको शैक्षीक पाठ्यक्रमको निर्माण गरेर रोजगारमुलक शिक्षाको रुपमा अगाडि बढाउने बताए ।

 


कार्यक्रममा काठमाण्डौ स्कूल अफ ल का संचालक युवराज संग्रौला, उच्च माध्यामिक शिक्षा परिषदका पूर्व प्रमुख उपेन्द्र कोइराला, मधेश प्रदेशका बन तथा पर्यटन मंत्री रमेश पटेल,सिचाई मंत्री सिगाशन कलवार, प्रदशे सभाका सदस्यहरु श्याम पटेल, प्रमोद जयसवाल कार्यक्रममा बिश्वबिद्यालयका रजिष्ट्रार बिजय यादव बिश्बिद्यालयका डिन मान बहादुर बिश्कर्मा लगायतले सम्बोधन गरेका थिए ।


यसअघि मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा शुक्रवार वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
पर्साको बहुदरामाई नगरपालिकाको वडा नं – २ मा रहेको मता बहुदरामाईको मन्दिरमा वृक्षारोपणसँगै विशेष पूजाका साथ स्वास्थ्य शिविरको आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।


मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको सभापतित्व एवम् मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बहुदरमाई मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिको बोट बिरुवा रोपिनुका साथै स्थानीयहरूको निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


कार्यक्रममा विभिन्न राजनीति दलका नेता अगुवा, व्यवसायी, चिकित्सकलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.