logo

सुनचाँदी व्यवसायी संघका अध्यक्ष सर्राफको गिरफ्तारीसंगै प्रहरीको निगरानी बढ्यो

 इसीमाना सम्वाददाता     २०८० भदौ २२ गते ०२: ३७ मा प्रकाशित     795   पटक पढिएको

काठमाडौं । सुन तस्करी प्रकरणमा बाराका सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सर्राफ पक्राउ परेका छन् । तस्करीको सुन भारत पठाउने मुख्य कारोवारीको रुपमा सर्राफको पहिचान भएको स्रोतको दावी छ ।

 


सरार्फलाई प्रहरीले पक्राउ गरेपछि अवैध कारोवारमा संलग्न सुनचाँदी कारोवारीहरु भारत तर्फ भाग्न थालेका छन् ।


उनले काठमाडौं न्यूरोडमा रहेका जयमातादी गोल्ड प्यालेसका संचालक पवन अग्रवाल, सिल्भर हाउँसका संचालक अभिषेक सरावगी र काठमाडौं कालिमाटीका अमित दारुका मार्फत अवैध सुनको कारोवार गर्दै आएको व्यवसायीहरुले नै बताउने गरेका छन् ।

 

सर्राफको गिरफ्तारी संगै पर्सा सुनचाँदी व्यवसायीका अध्यक्ष भूलन साह सोनार पनि प्रहरीको निगरानीमा रहेका छन् । उनले समेत वीरगञ्जका अन्य व्यवसायीलाई सुन नदिएर भारत तर्फ तस्करी गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाउने गरेका छन् ।

 

उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

 

हालसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली रहेका छन् ।

त्यसैगरी सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल र शिव कुमार सराफलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.