logo

एसएसपी पाण्डे र साहको अडियो प्रकरण, छानविनकालागि हेडक्वार्टरले बनायो समिति

 इसीमाना सम्वाददाता     २०८० भदौ १२ गते ०९: ३७ मा प्रकाशित     627   पटक पढिएको

वीरगंज । हुण्डी कारोवारी भनिएको राज साह र एस. एस. पी. बेल बहादुर पाण्डेको अडियो सार्वजनीक भएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ ।

 

अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाइएको छ। मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने हेडक्वाटरले जनाएको छ। एसएसपी पाण्डे र साह वीचको अडियो सम्बाद केही वर्ष पुरानो हो ।

 

सामाजिक संजालमा जबरजस्ती भाइरल बनाउन खोजिएको अडियोमा चलखेल भएको पाइएको छ। अडियोलाई दोहोरो अर्थ लाग्नेगरि प्रस्ुतत गरिएको छ ।

 

जसले एसएसपी पाण्डेको चरित्र र ब्यवसायीक निष्ठा माथि प्रश्न उठाउन खोजिएको छ । यद्धपी प्रहरी प्धान कार्यालयले बनाएको छानविन समितिले यो बिषयमा छानविन गरेर निष्कर्षमा पुग्ने छ ।

 

तथापी यति लामो समयपछि यो अडियो सार्वजनीक किन गरियो के उद्धेश्य प्राीप्तका निम्ति गरियो र अडियोको स्रोत के हो भन्ने कुराको निरुपण हुदा यसको पछाडि रहेको अभिष्ट समेत सार्वजनीक हुने एक अधिकारीको बिश्लेषण छ ।


सर्लाही निवासी राम दरेश साह उर्फ राज साहको मुख्य कारोबार खाद्यान्नको भएको उनका दौँतरी अजित साहले बताएका छन्।


राजु होजियारीमा पनि उनी साझेदार रहेको अजितले बताए । हुण्डी कारोवारीको रुपमा देखाउने र कारोवारीकालागि सेटिङ मिलाउने पात्रका रुपमा साहलाई देखाउन खोजएपनि आजसम्म राजलाई कुनै सार्वजनिक वा फौजदारी अभियोग लागेको छैन।

 

प्रहरीमा समेत उनको ट्रयाक रेकर्ड नकारात्मक छैन । अहिले चर्चामा आएर बदनाम गराउन खोजिएको अडियो प्रहरीले नै बाहिर ल्याएको हुन सक्ने आशंका अजितको रहेको छ।
यसैबीच एसएसपी बेल बहादुर पाण्डेले व्यवहारिक सम्बन्धलाई दुरूपयोग गरि चरित्रहत्या गर्ने काम भएको प्रतिक्रिया दिएका छन्।


पाण्डे पर्सा प्रहरी प्रमुख हुँदा हुण्डी कारोबारीहरूलाई तह लगाउन गहन भूमिका खेलेका थिए। तिनै पाण्डेलाई हुण्डी कारोवारीसँग जोडेर उनको चरित्र हत्या गर्नु साह्रै दुःखद रहेको जसपा पर्साका जिल्ला सचिव तबरेज अहमदले बताए । कोभीड एक्शन टीमको अगुवाको रुपमा उहाँसँग राम्रो सहकार्य भएको अहमदको भनाई छ ।

 

अपराध न्यूनिकरणमा संवेदनशील रहेका एसएसपी पाण्डेलाई वीरगंजमैं बस्दा हुण्डी कारोवारीलाई प्रश्रय दिएर नाजायज रकम असुलेको वा कारोबारीलाई संरक्षण दिएको भन्ने आरोप लागाइए पनि आफूलाई त्यो कुरा विश्वास नलागेको अहमदको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.