logo

सानालाइ ऐन ठुलालाई चैन भयो चरितार्थ, आत्महत्या दुरुत्साहनका आरोपी रुङ्गटा एकदिन पनि जेल नबसी हुने भए रिहा

 इसीमाना सम्वाददाता     २०८० भदौ २२ गते ०३: ०५ मा प्रकाशित     799   पटक पढिएको

चितवन । उच्च अदालतका हेटौडाका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले बिहीबार प्रदीप रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी केशवराज कौशिकले आदेश दिएको बताएका हुन।


यो आदेशपछि रुङटा आइतवार रिहा हुनेछन । चितवनका व्यवसायी शंकर कडेलको आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा पठाएका प्रदीप रुङ्गाटा एक दिन पनि जेल नबसी रिहा हुन लागेका हुन।

 

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेतासमेत रहेका शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले रुङ्गाटालाई साउन १८ गते पुर्पक्षका लागि जेल चलानको आदेश गरेको थियो। तर उनी एक दिन पनि जेल नबसी रिहा हुन लागेका हुन्।


पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादी रुङ्गटा अदालतमै बेहोस भएका थिए। जिल्ला अदालत चितवनले थुनामा राख्न दिएको आदेशपछि बेहोस भएका रुङ्गाटालाई उपाचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

मृतक कँडेलले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोराले रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको आदेशमा भनिएको थियो।

व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण शुरु जिल्ला अदालतल त्यसबेला े,‘मृतक शंकर प्रसाद कँडेलले आत्महत्या गर्नुपूर्व निजले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोरा, जाहेरी दरखास्त कल्पना पौडेल, कमला शर्मा पौडेल समेतले घटना विवरण कागजमा लेखाइदिएको समेतका तत्काल प्रमाणबाट यी प्रतिवादी प्रदिपकुमार रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको र आरोपित कसूर ठहर भएमा हुनसक्ने सजाय समेतलाई विचार गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) बमोजिम मुद्धा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने देखिँदा कानुन बमोजिमको सिधा खान पाउने गरी रितपूर्वकको थुनुवा पूर्जी दिई कारागार कार्यालय चितवनमा पठाइदिनु भनी ऐ संहिताको दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छ’, भनेको थियो।

तर घटनाको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा जेल गएनन्। अदालतको आदेशलगत्तै बिरामी भएको भन्दै रूङ्टाका सहयोगीले उनलाई तत्कालै भरतपुर अस्पतालमा भर्ना गरे। रक्तचाप बढेको भन्दै अदालतमै बेहोस बनेका रुङ्गाटालाई केही दिनको उपचार र अस्पताल बसाइपछि भरतपुर अस्पतालले गत भदौ ८ गते डिस्चार्ज गरेको थियो।

 

डिस्चार्ज भएपछि कारागार पठाइएका उनलाई एक रात पनि नबसी त्यही बेलुका बिरामीको बहानामा चितवन मेडिकल कलेज लगिएको थियो।

उनले आफूलाई गम्भीर बिरामी भएको बहाना बनाएर अस्पताल भर्ना भएका थिए। अदालतको आदेशमा जेल जानुपर्ने रुङ्गटा अहिले पनि भरतपुरस्थित चितवन मेडिकल कलेजमा छन्।

 

जिल्ला अदालतको आदेशपछि रुङ्गटाले धरौटीमा छाड्न मागसहित उच्च अदालत हेटौँडामा रिट हालेका थिए।

 

उच्च अदालत हेटौंडाले रूङ्गाटाको निवेदनअनुसार पाँच लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

 

बिहीबार अदालतले आदेश दिए पनि चितवन र मकवानपुरसहितका जिल्लामा शुक्रबार सार्वजनिक बिदा छ। यस्तोमा अब रुङ्गटा आइतबार धरौटीमा छुट्ने छन्।

 

अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफूलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए।

 

कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा रावल र त्यही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.