गम्भिर प्रकृतिको अपराध अनुसन्धानमा पर्साको प्रहरी पछिल्लो समयमा असफल देखिएको छ ।
भरतपुर २६ चैत ।शुन्यचोरी शिकारी वर्ष मनाइरहेको चितवनमा खाग तस्करले गैडा मारेका छन ।
पर्सास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पनि सम्बन्धित निकाय मौन छ ।
नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ ।
मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ ।
स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।
नेपाली काँग्रेस पर्साका जुझारु कार्यकर्ता विनोद रौनियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जनकपुर २२ चैत – दुई दिन नबित्दै धनुषामा अख्तियारको टोलीले फेरि नापीकै एक कर्मचारीलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अर्थमंत्री कृष्ण बहादुर महराले आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भएको छ ।
राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी पर्साले सचिव धर्मेन्द्र पटेललाई पार्टीको साधारण सदस्य नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । त्यस्तै उपाध्यक्ष ईश्वर यादवलाई उपाध्यक्ष पदबाट मुक्त गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए ।
स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।
काठमाडौं ,२२ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष बिजय कुमार गच्छदारले आफ्नो पार्टी स्थानीय चुनावमा जाने बताएका छन ।
काठमाडौँ २१ चैत। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीच एकता हुने निश्चित भएपछी नयाँ शक्तिका बरिष्ठ नेताहरु असन्तुष्ट बनेका छन् । लामो समय पसिना बगाएको तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी वैकल्पिक राजनीतिक शक्तीका रुपमा नयाँ शक्ती पार्टी बनाएका पुर्वप्रधानमन्त्री डा.भट्टराई जातीवादी तथा क्षेत्रियतावादी दलसंग विलय हुन लागेको भन्दै नेता देवेन्द्र पौडेल नेतृत्वको समुह असन्तुष्ट बनेको हो ।
काठमाडौ २१ चैत। नेकपा एमालले आफना तल्ला कमिटीहरुलाई उम्मेदवारको नाम सिफारिश गरेर पठाउन निर्देशन दिएको छ । त्यसको लागि नेकपा एमालले चैत ३० गते सम्मको सीमा तोकेको छ । ३० गते सम्म गाउँपालिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ ।
भरतपुर २१ चैत्र । नारायाणघाट–मुग्लिन सडक खण्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको ढिस्को अचानक खस्दा गाडीहरु पुरिएका छन् । ढिस्को झर्दा एकजनाको मृत्यु भएको छ भने एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान १० बजेतिर सडक माथिबाट ठूलो ढिस्को झरेको थियो । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।
जीतपुर २१ चैत जीतपुर सिमरा उप महानगरपालिका वडा न २३ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ। रामक्षेत्री पटेल को अध्यक्षता मा भएको भेला लाई संबोधन गर्दै सभासद नेजमा आलमले जनता को दुःख सुख मा एमालेले साथ दिएको हुनाले यसपली को चुनाव मा जनताले एमाले लाई नै साथ दिने विश्वास ब्यक्त गरिन।
सुषमा शर्मा वीरगंज, २० चैत । सरकारले गरीब, विपन्नवर्गका लागि ल्याएको प्रेषण कार्यक्रमबारे पर्सा जिल्लामा सरोकारवाला सबै अनभिज्ञ रहेकाले विगत नौ वर्षदेखि यो कार्यक्रमका लागि आउने बजेट त्यत्तिकै छ ।
बारा २० चैत्र । बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन परिचालन गर्नकालागि नेकपा एमाले बाराले अध्यक्ष सुन्दर बिश्वकर्माको १५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बारामा आज सम्पन्न जिल्ला कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।