logo

 संसदीय उपसमितिद्वारा मासु उद्योगहरुको अनुगमन 

      1/21/2019 गते 00 00 मा प्रकाशित     932   पटक पढिएको

वीरगन्ज,७ माघ 

वीरगन्ज, ७ माघ । संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समिति अन्तर्गतको उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपभोक्ता हित सम्बन्धी उपसमितिले सोमबार पर्साका तीनवटा उद्योगहरुको अनुगमन निरीक्षण गरेको छ ।

 

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १८ र वडा नम्बर २७ मा रहेको मासु उधोग  र दुईवटा हड्डी उद्योगको अनुगमन निरीक्षण गरेको हो ।

 

ती उद्योगहरु स्थापना भएर संचालनमा आएपछि त्यहाँबाट निस्किने मासु र हड्डीको गन्धले वातावरणीय प्रदूषण भएर स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको उजुरीपछि संसदीय समितिको उपसमितिले सोमबार अनुगमन निरीक्षण गरेको हो ।

 

उपसमितिका संयोजक नेकपाका सांसद कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा आएको संसदीय उपसमितिको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहा र वडा नम्बर २७ उदयपुरघुर्मीमा रहेको बोन मिल्स प्रालि, मास प्लाण्ट प्रालि, मध्यमाञ्चल बोन मिल प्रालि र हिरो बफ मिट सप्लायर्स उद्योगमा स्थलगत अनुगमन गरेर स्थानीयसँग पनि छलफल गरेको छ ।

 

अनुगमन निरीक्षणपछि स्थानीयसँगको छलफलमा मानववस्ती छेउमै खोलिएका पशुचौपायाको आलो मासु र हड्डी उत्पादन गर्ने उद्योग बन्द गर्न स्थानीयले संसदीय समितिसंग माग गरेका छन् । मानववस्ती छैउमै झण्डै डेढदशक देखि सन्चालनमा रहेका ती तीन वटै उद्योगबाट निस्कने आलो मासु र हड्डीको दुर्गन्ध र प्रदुषणले उद्योग आसपासमा रहेका महानगरको वडा नम्बर १७ , १८ , २०  , २७ र  २८ को पाच वटा वडाका उदयपुर घुर्मी, कुहडी, हरतपगन्ज, अपौनी, दरदरवा, भवानीपुर, गधैया टोला, रामपुर जसौली, मनियारी लगायतका गरि करिब २५ हजार भन्दा बढि घरपरिवार प्रभावित रहेको स्थानीयले बताए ।

 

अनुगमन टोलीका संयोजक श्रेष्ठले वातावरणीय प्रदुषणको हिसाबले असर परेको देखिएको भएपनि स्थानीय किसानलाई नै आवश्यक पर्ने कृषि सम्बन्धी मल खाद तथा पशुपक्षीको दनामा प्रयोग हुने सामान उत्पादन गर्ने भएकोले त्यसलाई सरकारले लिएको औद्योगिक विकासको नीति अनुसार संरक्षण गरी वातवरणीय प्रदूषणलाई भने नियन्त्रण गर्नुपर्ने बताए । गाउँलेलाई परेको समस्यामा आपूmहरु पनि निकै चिन्तित् भएको बताए । 

 

उनले स्थानीयले राखको मागलाई जस्ताको तस्तै संसदीय समितिमा राख्ने र सकेसम्म समस्या समाधान हुने गरी कारवाही अगाडि बढाउने आश्वासन पनि दिए । उनले आपूmहरु जनताबाट नै निर्वाचित प्रतिनिधि भएकोले जनतालाई परेको दुःख र समस्याप्रती गम्भीर रहेको बताए ।

 

पहिले एउटा हड्डी कारखाना स्थापना भएदेखि नै स्थानीयले विरोध गर्दै आएको भएपनि फेरी त्यहि स्थानमा दुई वटा थप उद्योग स्थापना भएपछि वातावरणमा थप प्रभावित बनाएको स्थानीयको भनाई छ ।

 

वडा नम्बर १८ का वडा अध्यक्ष ब्रह्मदेव प्रसाद कुर्मीले पहिले जनप्रतिनिधिहरु नहुँदा स्थानीय प्रशासनको बलमा उद्योग संचालन भएको र अहिले जनताले जनप्रतिनिधिहरुलाई जिताएर पठाएकोले जनताको समस्या समाधानमा आपूmहरुले पनि सम्बन्धित निकायहरुमा पहल गरिरहेको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.