logo

बीरगंजमा माघी महोत्सव भब्य रुपमा सम्पन्न

      1/15/2019 गते 00 00 मा प्रकाशित     1005   पटक पढिएको

वीरगंज, १ माघ ।
माघे सङ्क्रान्ति तथा थारु सम्बत् २६४३ औंको अवसरमा बीरगंजमा माघी महोत्सव रुपमा सम्पन्न भएको छ । थारु समुदायको भेष भूषामा सजिएका युवा युवतीको सहभागीतामा  वीरगंजको घण्टाघरबाट ¥याली निस्किएको थियो ।  शहरको परिक्रम गरि र्याली  वीरगंजको आदर्शनगर स्थित रहेको स्वीमिङ्ग पुलमा पुगी समाहरोहमा परिणत भएको थियो ।

 

 महोत्सवमा सांस्कृतिक कार्यक्रमको साथै थारु समुदायको विभिन्न खानाको परिकार समेत राखिएको थियो । वीरगंजका विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुले थारु समुदायको पहिचान झल्कने खालको नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

 

समाहरोहमा बोल्ने वक्ताहरुले थारु समुदायले शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । माघी मुल समाहरोह समितिका संयोजक एवं मेलमिलाप थारु परिवारका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा र सुबलाल भगत उच्च मा.वि. रौतहटका जग्गा दत्ता परिवारका प्रतिनिधि अखिलेश्वर चौधरीको प्रमुख आतिथ्यतामा समाहरोह भएको थियो ।

 

समाहरोहमा जनकपुर उच्च अदालतको अस्थायी इजलाश बीरगंजका न्यायधीश सत्यमोहन जोशी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई, नेपाल पत्रकार महासंघ प्रदेश नं .२ का उपाध्यक्ष के.सी. लामिछाने, पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो   उपाध्यक्ष ममता महतो, गण्डक हस्पिटलका संचालक रहबर अंसारी, नेशनल मेडिकल क्लेजका संचालक बसरुदिन अंसारी,बिकास चौधरी ,अमय दास  पर्साका अध्यक्ष श्याम बंजारा, आदवासी जनजाती पत्रकार महासंघ प्रदेश नं . का इन्चार्ज निरज पिठाकोठे मगर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पु¥याउने संस्था तथा ब्यक्तिलाई सम्मान गरिएको थियो । बारा पर्सामा बिद्यालय निर्माणकालागि जग्गा दान दिने दाता परिवारलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा महोत्सव स्थलमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.