logo

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

 इसीमाना सम्वाददाता     २०८३ मंसिर ५ गते ०९: २९ मा प्रकाशित     130   पटक पढिएको

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

 

अभियानको समुद्घाटन कार्यक्रम शनिबार वीरगञ्जको आदर्शनगरमा सम्पन्न भएको हो।

 

समुद्घाटन कार्यक्रममा थारु समुदायका अगुवा, समाजसेवी, बुद्धिजीवी, चिकित्सक, शिक्षक, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

May be an image of violin, lighting and dais

कार्यक्रममा वक्ताहरूले थारु समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि एकता र संगठित प्रयास आवश्यक रहेको बताए।

 

उनीहरूले भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति सचेत बनाउनुपर्नेमा जोड दिए।

 

सोही अवसरमा स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा पत्रकारितामार्फत समुदायमा योगदान पुर्‍याएका ११ जनालाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

 

सम्मानित हुनेमा चिकित्सकद्वय डा. सुरेन्द्र चौधरी र डा. निरज चौधरी, प्रधानाध्यापकद्वय शिवनाथ चौधरी र रामशंकर चौधरी, व्रजकिशोर चौधरी, पर्सा जिल्ला बिकास समितिका पूर्व उपसभापति जोखन दास थारु, श्यामसुन्दर प्रसाद दास थारु, ललन कुमार दास थारु, शेष चौधरी, थारु पत्रकार सं पर्साका पूर्व अध्यक्ष  शम्भु महतो र सञ्जय चौधरी ,शिवनाथ चौधरी ,रामशंकर चौधरी  रहेका छन्।

 

कार्यक्रममा अभियानका अध्यक्ष मोहनलाल चौधरीले यसलाई कुनै राजनीतिक दल वा समूहमा सीमित नराखी समग्र थारु समुदायको साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

 

अभियानले आगामी दिनमा थारु समुदायको अधिकार, पहिचान, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा भाषा र संस्कृतिको संरक्षणका क्षेत्रमा सामूहिक पहल गर्ने जनाएको छ।


राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हरिबबाबु  चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।


त्यसैगरी, कार्यक्रममा प्रदेश सभाका सदस्य देवनारायण चौधरी ,देवी चौधरी, डा. कृपा सिन्धु चौधरी, अधिवक्ता इन्द्रदेव प्रसाद चौधरी, पत्रकार शम्भु चौधरी, सञ्जय चौधरीलगायत विशिष्ट अतिथि, थारु समाजका अगुवा तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.