logo

अश्वमेध गायत्री महायज्ञ बारे वीरगन्जका उद्योगी व्यवसाय संग अन्तरक्रिया 

      2/14/2019 गते 00 00 मा प्रकाशित     1170   पटक पढिएको

वीरगन्ज २ फाल्गुन ।
अश्वमेध गायत्री महायज्ञ आयोजक समितिले वीरगन्जका उद्योगि व्यवसायी संग छलफल गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बिहिबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा महायज्ञ आयोजक समितिका उपसंयोजक एवं वागमती नदी सरसफाई गर्न पहिलो अवधारणा ल्याउने डा. राजु अधिकारीले महायज्ञलाई सफल बनाउन वीरगन्जका उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन ।

 

कार्यक्रममा उनले महायज्ञको विशेषता बारे जानकारी गराउदै अश्वमेध यज्ञको परम्परा र प्रयोग जति प्राचिन रहेको त्यति नै बैज्ञानिक पनि रहेको बताए ।

 

प्राचिनकालमा शासक वर्ग या महाराजाहरुले यो महायज्ञ गराउने गर्थे डा अधिकारीले भने, अहिलेको युगमा नेपाल पनि महायज्ञ हुनु हाम्रो लागि सौभाग्य रहेकोले यसलाई सफल बनाउन आ आफनो स्तरबाट सवै लाग्नु पर्ने बताए ।

 

अश्वमेध एउटा सांस्कृतिक दिग्विजय अभियान रहेको हुनाले यसले विशुद्ध विज्ञानसम्मत बताउदै उनले अश्वमेध प्रयोगको माध्यमबाट सांस्कृतिक एकता, सामाजिक सहिष्णुता एंव पर्यावरणीय सन्तुलन स्थापना हुने विश्वास रहेको बताए । 


कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञमा भाग लिन अमेरिका, क्यानडा, अस्ट्रेलिया, कतार, मलेसिया लगायत ४० देशका लाखौ व्यक्तिहरु  आईरहेको हुनाले उनीहरुको स्वागतमा पर्सावासी लाग्नुपर्ने बताए ।

 

उनले भने, वीरगन्जलाई आर्थिक राजधानीको रुपमा चिनाउँछौ, कहिले आन्दोलनको राजधानी भनेर चिनाएका थियौ, अहिले वीरगन्ज महायज्ञमय हुन गईरहेको छ, यसमा सम्पूर्ण उद्योगि व्यवसायीलाई आफनो स्तरबाट सहयोग गरी वीरगन्जलाई महायज्ञको रुपमा चिनाउने काममा सहयोग गर्न अपिल गरे  ।

 

उनले वीरगन्जमा पाल्नु हुने पाहुनालाई स्वागत गर्न करिब ३ हजार वीरगन्जवासीले आ आफनो घरमा बास, गाँसको व्यवस्था मिलाई आफनो नामहरु समेत रजिष्ट्रेशन गराईसकेको जानकारी गराए । 


महायज्ञमा बनाईएको २५१ कुण्डमा पत्तीपत्नी र देवपुजनमा सहभागि हुन चाहनेले तुरुन्त रजिष्ट्रेशन गराउन आग्रह गर्दै मुख्य जजमानमा र देवपुजनमा साढे सात सय जनाले मात्र भाग दिने भएकोले आ आफनो नाम सुरक्षित गराउन उनले सवैमा आग्रह  गरे ।

 

मुख्यजजमानमा १ लाख र देव पुजनमा ३० हजार शुल्क तिर्नुपर्ने हुन्छ र मुख्यहवन भएपछि अन्य ६० हजार जनाले यज्ञमा निशुल्क भाग लिन पाउने छन ।  

 

कार्यक्रममा सहभागि उद्योग व्यवसायीहरुले महायज्ञलाई सफल बनाउन आ आफनो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायत संघका पदाधिकारी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यसैगरी अलिख विश्व गायत्री परिवार शक्ति पिठ वीरगन्जले यज्ञ सफल बनाउन वीरगन्ज २० हरपतगंजमा दिप यज्ञको आयोजना गरेको छ ।

 

हरपतगंज स्थित शिवमन्दिरमा आयोजित दिप यज्ञमा शान्तिकुंन्ज हरिद्धारबाट आएका ब्रहमवादणी श्यामा राठौर नेतृत्वको टोलीले दिप यज्ञमा महायज्ञबारे जानकारी गराउदै यज्ञमा भारी संख्यामा सहभागिता जनाउन आमन्त्रीत गरेका थिए । दिप यज्ञ कार्यक्रम पश्चात शक्ति पिठका कार्यकर्ता धर्मेन्द्र गुप्ताको नेतृत्वमा रहेको टोलीले हरपतगंज वडामा विभिन्न पम्पलेट, पर्चा वितरण तथा ठाउँ ठाउँमा टासेर प्रचार प्रसार गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.