logo

प्रहरी हस्तक्षेपका कारण दुई बिद्यार्थी नेता घाइते

      2/1/2019 गते 00 00 मा प्रकाशित     1041   पटक पढिएको

वीरगंज, १८ माघ ।
सरकार बिरोधी प्रर्दशनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीवीच झडप हुदा बिद्यार्थी नेताह? घाइते भएका छ । शुक्रवार बीरगंजमा प्रधानमंत्री के.पी.ओलीका पुतला दहन गर्ने क्रममा प्रहरी र बिद्यार्थीका वीच झडप भएको हो ।

 

झडपमा परि बिद्यार्थी नेताह? बीरगंज महानगर १४ पिप्रा निवासी २४ वर्षिय  विकेश पटेल र  बीरगंज महानगर १६ नगवाका २० वर्षिय रन्जन चौरसिया घाइते भएको नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य बद्री तिवारीले जानकारी दिए ।

ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुतलाको आगोले विद्यार्थी नेता पटेलको मुखको भाग जलेको  तिवारीले वताए । सोही क्रममा अर्का विद्यार्थी नेता चौरसिया पनि घाइते भएको उनले जानकारी गराए ।

 

चौरसियाको घुडामा चोट लागेको छ । उनी बीरगंजको नारयाणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन । पटेलको अनुहार हातमा जलेको हुनाले उनलाई थप उपचारकोलागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । 

 नेवि संघ पर्साका अध्यक्ष विश्वाश द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल लगायतकाको सहभागिता रहेको थियो । नेवि संघको पूर्व घोषित केन्द्रिय बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि प्रधानमन्त्रीको पुतला जलाउने कार्यक्रम थियो ।


नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमंत्री रामशरण महत बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर घाइतेको अवस्थाको बारेमा  जानकारी लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.