logo

पृथ्वीनारायण शाहको २ सय ९६ औं जयन्ती भब्य रुपमा मनाइयो 

      1/11/2019 गते 00 00 मा प्रकाशित     891   पटक पढिएको

वीरगंज २७ पुस ।
पृथ्वीनारायण शाहको २ सय ९६ औ जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवस आज  वीरगंजमा पनि धुमधामका साथ मनाईएको छ ।

वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समाजसेबी एवम् राष्ट्रवादी पशुपति बिक्रम शाहले पृथ्वी नारायण शाह राष्ट्रिय विभूति, राष्ट्र निर्माता, राष्ट्रको आदर्श होइनन् भन्ने कुरा हृदयबाट हटाउन गाह्रो पर्ने बताए ।

 

उनले  पृथ्वी नारायण शाह  नेपालमा नेपाली  चन्द्र र सूर्यको झण्डा रहेसम्म अमर रहिरहने बताए । अहिलेको परिस्थितिमा एकजना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जन्मिनु पर्ने आवश्यक्त रहेको कुरामा जोड दिए ।

 

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका बिनोद कुमारले पृथ्वीनारायण शाह राष्ट्रका पिता भएको हुनाले उनलाई बिर्सन गाह्रो रहेको बताए । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समतिका केन्द्रिय सदस्य हिरा बहादुर चन्द, मानव सेवक अभियन्ता, समाजसेवी उषा शाह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, सशस्त्र प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निरन्जन थापा लगायतको उपस्थिति रहेको थियो ।

 

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै गोयलले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चारवर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको  बताए । उनले अनेक्तामा एकता कायम गर्नु पर्ने सम्पुर्ण नेपालीको कर्तब्य रहेको बताए  कार्यक्रममा स्वागत भाषण लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले गरेका थिए भने कार्यक्रमको संंचालन कबि अरुण बिक्रम शाहले गरेका थिए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.