logo

पृथ्वीनारायण शाहको २ सय ९६ औं जयन्ती भब्य रुपमा मनाइयो 

      1/11/2019 गते 00 00 मा प्रकाशित     1128   पटक पढिएको

वीरगंज २७ पुस ।
पृथ्वीनारायण शाहको २ सय ९६ औ जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवस आज  वीरगंजमा पनि धुमधामका साथ मनाईएको छ ।

वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समाजसेबी एवम् राष्ट्रवादी पशुपति बिक्रम शाहले पृथ्वी नारायण शाह राष्ट्रिय विभूति, राष्ट्र निर्माता, राष्ट्रको आदर्श होइनन् भन्ने कुरा हृदयबाट हटाउन गाह्रो पर्ने बताए ।

 

उनले  पृथ्वी नारायण शाह  नेपालमा नेपाली  चन्द्र र सूर्यको झण्डा रहेसम्म अमर रहिरहने बताए । अहिलेको परिस्थितिमा एकजना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जन्मिनु पर्ने आवश्यक्त रहेको कुरामा जोड दिए ।

 

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका बिनोद कुमारले पृथ्वीनारायण शाह राष्ट्रका पिता भएको हुनाले उनलाई बिर्सन गाह्रो रहेको बताए । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समतिका केन्द्रिय सदस्य हिरा बहादुर चन्द, मानव सेवक अभियन्ता, समाजसेवी उषा शाह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, सशस्त्र प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निरन्जन थापा लगायतको उपस्थिति रहेको थियो ।

 

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै गोयलले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चारवर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको  बताए । उनले अनेक्तामा एकता कायम गर्नु पर्ने सम्पुर्ण नेपालीको कर्तब्य रहेको बताए  कार्यक्रममा स्वागत भाषण लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले गरेका थिए भने कार्यक्रमको संंचालन कबि अरुण बिक्रम शाहले गरेका थिए  ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.