logo

गिट्टी बालुवा निकासीमा निकुन्जको अवरोध,सेना लगाएर पैसा मागेको ठेकेदारको आरोप

      1/15/2019 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

बीरगंज १ माघ । 
भेडाह खोलाबाट गिट्टी बालुवाको निकासीकोलागि ठेक्का बन्दबोस्त गर्न अख्तियारी पाएको ठेकदारले निकुन्जका कारण आफूहरुलाई अप्ठयारो भएको गुनासो गरेका छन ।

निकुन्जले बिभिन्न बाहनामा गिट्टी बालुवा निकासी गर्न गएका ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएर सात दिन सम्म राख्ने गरेकोले ब्यवसायीहरुले आफूहरु मर्कामा परेको बताएका छन ।

गत वर्षहरुमा जिल्ला बिकास समिति पर्साले ठेक्का लगाउदै आएको थियो । त्यती बेला निकुन्जले कुनै अवरोध गरेको थिएन । तर अहलिे आएर मध्यवर्ती बन उपभोक्ता समुहलाई अगाडि सारेर निकुन्जले दुःख दिन थालेको ब्यवसायी र ठेकेदार पक्षले गुनासो गरेका छन ।


निकुन्ज र मध्यवर्ती समुहले आफनो मनलाग्दी गरि सीमा निर्धारण गरेर गिट्टी बालुवा निकासीमा अवरोध सृजना गर्दै आएका छन । इलाका बन कार्यालय सोलखपुरका बन कर्मचारीले बनको सीमानामा निकुन्ज र मध्यवर्तीका नाममा नाजायज काम भएको बताएका छन । ब्यवसायीहरुले भने अप्ठायारोमा पारेर मध्यवर्ती र निकुन्जले नाजायज रुपमा पैसा लिन खोजेको आरोप लगाएका छन ।

मध्यवर्तीका समुहका पालेले त प्रति ट्रयाक्टर तीन हजार रुपैया दिए कुरा मिल्ने बताउने गरेको ब्यवसायीले बताएका छन ।

निकासीको अख्तियारी पाएको नागेन्द्र निर्माण सेवाका संचालकले अवरोध सृजना  गर्ने काम बन्द नभए ठेक्का तोडने चेतावनी दिएका छन ।उनले निकुन्जको दादगिरीका कारण आफू मर्कामा परेको बताएका छन ।

भेडाहा खोलाबाट यो भन्दा अगाडिका वर्षहरुमा गिट्टी बालुवाको निकासी हुदै गरेको स्थानबाट अहिले उत्खनन गर्दा निकुन्जले सेना पठाएर धरपकड गर्ने गरेको छ । न्यूनतम सात दिन सम्म ट्रयाक्टर नियन्त्रणमा राख्दा ब्यवासायीहरु मर्कामा पर्ने गरेका छन ।


सेनाले पैसा माग्ने गरेको समेत निर्माण पक्षले आरोप लगाएको छ । गसतीमा आएको सेनाले प्रति ट्रयाक्टर २५ हजार मागेको आरोप ठेकेदार पक्षले लगाएको छ ।


पर्सा राष्ट्रीय निकुन्जका प्रमुख बन संरक्षण अधिकृत अमिर महर्जनले भने कसले भनेको लिएर आउनुहोस अनी कारवाही गरौला भन्ने प्रतिक्रिया दिए । मर्हजनको यस्तो प्रतिक्रियाले ब्यवासायी र निर्मँण पक्षले लगाएको आरोपलाई बल पु¥याएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.