logo

समाचार संकलनकालागि गएका पत्रकार माथि लाठी चार्ज

      1/24/2019 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

वीरगन्ज , १० माघ ।
तिलावेपुलमा गरिएको सडक जामको समाचार संकलनकालागि गएका पत्रकारलाई प्रहरीले दुब्र्यवहार गरेको छ । सडक जाम गरेर अवरोध सृजना गर्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेर तितर बितर पार्दै गरेको दृष्य संकलन गर्ने क्रममा पत्रकार माथी प्रहरी आइलागेको थियो ।

 

प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका संवादाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले लाठी प्रहार गरेको थियो 


घट्नापछि नेपाल पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पत्रकारहरुले शुक्रवार बिहानसम्म कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले बताए । प्रहरी नायब उपरीक्षक मानबहादु राई नेतृत्वमा रहेको टोलीभित्रका प्रहरी हवलदार हरेराम महतोले पत्रकारउपर लाठी चलाएका थिए ।

 

पर्सा प्रहरीले गएराति बीरगन्ज पोखरिया सडक खण्डको तिलावे पुल बाट नियंत्रणमा लिइएको केराउ लोड भएको ट्रकको नक्कली मुचुल्का गरेको भन्दै विरुद्धमा व्यवसायीले प्रदर्शन गरेका हुन । 


पर्साको मुख्य मार्गको रुपमा रहेको पदम रोड अवरुद्धगरि व्यवसायीले प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले सडकमा अवरोध सृजना गर्ने केहीलाई गिरफ्तार गरेको छ । 


 विन्दवासिनी गाउपालिका वडा नंबर ४ का  उतम तिवारी भनिने निरंन्जन तिवारी , चिन्टु भनिने शंकर पुकार तिवारी ,सोनालाल साह , रवी गुप्ता , दामोदर तिवारी ,संतोष गुप्ता र नवलकिशोर साहलाई गिरफ्तार गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.