logo

जीपीको नाउमा खेल नगरौ,जग्गा हाम्रो हो महानगर 

      2/12/2019 गते 00 00 मा प्रकाशित     2945   पटक पढिएको

वीरगन्ज,२९ माघ  ।
महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा गिरिजा प्रसाद कोइराला फाउन्डेशन समुदघाटन कार्यक्रम नर्गन महानगरपालिकाले नेपाली कांग्रेस पर्सा र फाउन्डेशनलाई छुटाछुटै पत्राचार गरेको छ ।

 

नगर प्रमुख विजय कुमार सरावगीले नेपाल कांग्रेस जिल्ला कार्यसमिति पर्साको नाउमा गरेको   पत्राचारमा महानगरपालिकाको  स्वामित्वमा रहेको जग्गामा पार्टीका र्शीर्षस्थ नेताहरुलाई समेत आमन्त्रण गरी समुदघाटन गर्ने कार्यक्रम तय गरिनुले नेताहरु समेतलाई विवादमा पार्ने कुरालाई दुष्टिगत गरी उक्त स्थानमा कुनैपनि कार्यक्रम नगर्न आग्रह गरिएको छ  ।


 यसैगरी महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसालले जी पि कोइराला फाउन्डेशन परिवार वीरगन्ज पर्सालाई पत्राचार गरि महानगरपालिकाको स्वीकृती बिना कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेका छन ।फाउन्डेशनका पर्सा जिल्ला संयोजक महम्मद साहबुद्धिनलाई माघ २९ गते लेखिएको पज्ञमा जी पी कोईराला फाउन्डेशन परिवार वीरगन्ज पर्साले फागुन ४ गते  राखेको समुदघाटन कार्यक्रमको व्यहोरा निमन्त्रण कार्ड मार्फत अवगत भएको र उक्त भवन रहेको जग्गा साविक वी,म न पा १३ एवम हाल वडा नम्बर १०मा पर्ने कित्ता प्लट न ८१७ हाल कित्ता न १८ र कित्ता न ५३को जग्गा ०–१–० महानगरपालिकाको स्वामित्वमा रहेकोले महानगरपालिकाको स्वीकृती बेगर कुनैपनि प्रकारको उपयोग गर्ने अधिकार कुनै संघसंस्था एवम व्यत्तिलाई नहुने व्यहोरा अवगत गराइन्छ भनिएको छ  ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई बोद्यार्थ समेत गरिएको उक्त पत्रमा सो कार्यक्रम आयोजना गरिएको सम्बन्धमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै उक्त जग्गामा कार्यक्रम नगर्नुहुन दुबै पत्रमा उल्लेख गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.