logo

छोरीलाई किन अलपत्र पार्यौ निकिता ?

      1/22/2019 गते 00 00 मा प्रकाशित     998   पटक पढिएको

बीरगंज ८ माघ । 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग चौथो र निकिताले दोस्रोपटक रविसँग विवाह गरेकी छन् ।

कुरा व्यक्तिगत नै हो, तर पात्रहरु सार्वजनीक सरोकारका बिषयसंग सम्बद्ध छन ।

जनसरोकारसँग जोडिएका पात्रबाट समाजले के सिक्ने ? रविको यस्तो कदमले उनीबाट जन्मिएका वैधानिक दुई छोरी मात्र हैन, पछिल्ली पत्नी निकिताबाट जन्मिएकी छोरीले पनि पीडा सहनुपर्ने भएको छ । समाज सानो छ र उदाहरणस्वरूप उठिरहने यस्ता प्रसंगले पनि सन्तानलाई जीवनभर यातना भइरहन्छ ।

खासमा पूर्वपत्नी इशासँग सम्बन्धविच्छेदको प्रसंग आउँदा आफूहरू सम्बन्धमा नरहेको जिकिर गर्ने जोडीले सुन्ने र देख्नेलाई कति बेबकुफ बनाइरहेका थिए भन्ने कुरा उनीहरूको विगत कोट्याउँदा प्रष्ट हुन्छ । निकिता पतिसँग सम्बन्धविच्छेद नगरी बाह्य सम्पर्कमा थिइन् ।

 

तथ्यहरूले भन्छ, घरमा पति हुँदाहुँदै उनी १० महिनादेखि रविसँग मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा लिभिङ टुगेदरमा थिइन्, रवि पनि पत्नीसँग औपचारिक सम्बन्धमा रहँदारहँदै परस्त्रीसँग थिए । कानुन वा दुनियाँका आँखा त पर्दाले छोपिएला, तर के सामाजिक मर्यादा र नैतिक बन्धनले यस्तो गर्न दिन्छ ? निकिताले गत असार १५ गते काठमाडौं जिल्ला अदालतमा पति अभयबहादुर शाहविरुद्ध सम्बन्धविच्छेद र अंश चलनसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

 

उनलाई सम्बन्धविच्छेद भन्दा बढी अंश चाहिएको थियो । अभय । हिमालय बैंकमा जागिर खान्छन्, महाराजगञ्जस्थित शान्तिकुञ्ज–निर्मल निवासछाडि, टुँडालदेवी वरै, ब्राजिल दूतावाससँगै घर छ । मुद्दाको प्रक्रिया चल्दै जाँदा सम्पत्ति विवरण पेश गर्ने चरण आउँदै थियो । तर, अकस्मात् असोज लागेपछि ‘अहिल्यै, तुरुन्तै चाहियो’ भन्ने शैलीमा निकिता पेश हुँदा अन्ततः अंश मामिलाको समय नआउँदै असोज १७ गते हतार–हतार पतिसँग सम्बन्धविच्छेद हुने गरी मिलापत्र गरिन् ।

 

यसो गरिरहँदा आउँदो २७ अप्रिलका दिन १२ वर्ष पुग्ने ९जन्म सन् २००७० छोरी अवनिकाको जिन्दगीसँग उनको कुनै सौदाबाजी रहेन । ‘दिए लान्छु, नभए चाहिएन’ भन्दै सम्बन्धविच्छेद गरेकी हुन् । र, छोरी बाबुकै संरक्षणमा रहने भइन् ।


निकितासँग बाबुबाट प्राप्त टिभी फिल्मीको स्वामीत्व छ । गोपिकृष्ण हल उनका काका उज्ज्वल, भाइहरू निरक र निरजको भागमा परेको छ । बाबु उद्धव भने फिल्मी लफडाबाट पन्छिएर ओम हस्पिटल र ओम कलेज सञ्चालक समितिको अध्यक्ष भई बसेका छन् ।


आफ्नो रमाइलोका लागि आफूसँग जोडिएका वा आफैँले जन्माएका महिला (छोरी वा पत्नी) को जीवनसँग खेलबाड गर्ने र प्रश्न उठ्दा उल्टै ठूलो स्वर गर्ने भएपछि कस्तो समाज निर्माण होला ? यसबीच, सरकारले पदीय हैसियतसम्बन्धी कुरामा निकितासँग स्पष्टीकरण सोधेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.