र्साको क्षेत्र नं १ बाट संघीय संसदमा निर्वाचित साँसद प्रदीप यादवले मधेश आन्दोलनका शहीदहरुलाई पूर्व घोषणा अनुसार ५० लाख रुपैया दिन माँग गर्नु भएको छ
वीरगञ्जमा लागु औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ
तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्
माघे संक्रान्ति नेपालका थारु र मगर समुदायको प्रमुख चाड । थारुहरुले यो पर्वलाई खिचडी भन्छन
नयाँ बसपार्क नजिकै नेशनल मेडिकल कलेज जाने सडक छेउमा परिएको अवस्थामा वेवारिसे शव आज फेला परेको हो ।
२०७६ असार ३१ गते औषधि व्यावस्था विभाग वीरगन्जको कार्यालयले उनले आयात गरेको आहारपूरक खाद्यपदार्थहरूशिलबन्दी गर्नुपर्ने बेहोराको पत्र सहित आएर गोदाम शिलबन्दी गरिदियो । गोदाम शिलबन्दी गरेपछि उन गर्दै आएको व्यवसायमा नै धक्का लाग्यो । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट पाएको अनुमति अनुसार र तोकिएको मापदण्डअनुसार नै आहारपूरक खाद्य पदार्थ आयातको कारोबार गर्दा समेत अर्को नियामक निकाय औषधि व्यावस्था विभागले आएर गोदाम शिलबन्दी गरेपछि उनी तनावमा छन् ।
नेकपाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवराको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो ।
ईस्वी सम्वतमै संसारभरि हुने भएकाले यो सम्वतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता रहेको छ । विक्रम सम्वत भने ईस्वी सम्वत भन्दा ५७ बर्षले अगाडी छ । आजको दिन नेपालमा पनि एकअर्कामा शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष २०२० मनाईरहेको छ ।
वीरगन्ज नर्सिङ्ग क्याम्पसले फेरी कर्मचारी भर्नाको विज्ञापन गरेर आफन्तलाई जागिर लगाउने गरि भर्ना खुलाएको स्रोतले दावी गरेको छ । नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि नियम विपरित विज्ञापन गरिएको छ । वीरगन्ज नर्सिङ्ग क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएपनि त्रिभुवन विश्व विद्यालयले नै भर्नाको लागि विज्ञापन आह्वान गरेर कर्मचारी लिनुपर्ने भएपनि आन्तरिक श्रोतको नाममा नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि एकजना कार्यालय सहायक र लेखा सहायकको विज्ञापन गरिएको छ ।
महानगरपाकिालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान ” संचालत गरिएको छ
अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ
जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि भईरहेको छ । ब्यवसायिक खेतीको रुपमा पर्सा, बारामा फस्टाउदै गएको माछापालन संगै जाडो महिनामा माछाको विक्री पनि बढेको छ
पर्सामा ६९ वटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको छ
वीरगञ्ज महानगरपालिका ८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज .२ छपकैया निवासी छविकान्त सरावगी पक्राउलाई प्रहरीले पक्राउ गरेको छ
वीरगञ्जमा यही पौष ११ गतेदेखी १३ गते सम्म सयुक्त राष्ट्र संघको पहिलो नमुना सभा हुने भएको छ ।
प्रहरीले भारत तर्फ निकासी गरिरहेको अवस्थामा एक ट्रक मरिच पक्राउ गरेको छ
बाराको पचरौता नगरपालिका–१ पिपरपातीमा अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ
वीरगन्ज महानगरपालिकाले २२ वर्षका लागि नगर सभागृह निजी साझेदार भाडामा दिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता ठहर गरेको छ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताउनु भएको छ
संविधान सभा सदस्य पुरुषोतम पौडेलले २५ वर्ष बित्नै लाग्दासमेत बारामा बन्ने अन्तराष्ट्रिय विमान स्थल बनाउनु पर्ने बहसमा मात्र सिमित रहेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ