logo

कोरोना भाइरसको संक्रमण बढेसंगै साउन १९ बाट पर्सा जिल्ला भरि निषेधाज्ञा लागु हुने 

      8/1/2020 गते 00 00 मा प्रकाशित     1089   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय, पर्साले साउन १९ गते बाट पर्सा जिल्ला भरि अनिश्चितकालिन निषेधाज्ञा  जारि गरेको छ  ।   बीरगन्ज महानगरभर भित्र लागु रहेको निषेधाज्ञालाई बिस्तार गरि जिल्ला भरि जारी गरेको हो ।

 

कोरोना भाइरसको संक्रमण बढदै गएपछि पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले साउन १९ गते बिहान ५ बजेबाट लागु हुने गरि पर्सा जिल्ला भर निषेधाज्ञा जारि गर्ने निर्णय गरेको हो । 

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसारस्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बीरगन्ज महानगरपालिका क्षेत्र भित्र अर्को सूचना जारी नभईन्जेलसम्मका लागि लागु गरिएको निषेधाज्ञा पर्सा जिल्लाभर विस्तार गर्ने निर्णय आज बसेको सुरक्षा समितिको बैठकले निर्णय गरेको हो । 

 

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेर अन्य अवस्थामा बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन रोक्ने पनि निर्णय गरेको छ ।

 

निषेधाज्ञा अवधीमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आइसिपी र डाईपोर्टमा रहेका मात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।


स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन मात्र चल्नेछन् ।


अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द हुनेछन् । सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहनेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.