logo

पर्सामा नेपाली सेना, चिकित्सक, बैकर्स सहित ४३ जना थप संक्रमीत 

      8/6/2020 गते 00 00 मा प्रकाशित     1236   पटक पढिएको

नेपाली सेनाका सात जना जवान ,बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये रौतहट बाराका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । संक्रमीत मध्य ६ जना महिला रहेका छन ।

 

संक्रमीत मध्य ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो ।

 

संक्रमीत मध्य ७ जनाले आफैले पैसा तिरेर स्वाब दिएर परिक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका, सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।

संक्रमीत मध्य पर्साको  पकहामैनपुर गाउँपालिका र एक जना पोखरिय नगरपालिकाका एक जना रहेका छन् ।  २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ ।

 

संक्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्षसम्म रहेको छ। संक्रमित ६ जना महिलाहरुको उमेर ७,२२, ३५, ५३, ७३ रहेको छ ।


संक्रमीत मध्य  नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् ।नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.