logo

महानगरका प्रमुख अधिकृत सहित सरकारी कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण

      8/5/2020 गते 00 00 मा प्रकाशित     1088   पटक पढिएको

बीरगंज महानगरपालिकाका कार्यकारी प्रमुख बीरगंज कारागारका प्रमुख सहित सरकारी अधिकारीहरु कोरोनाबाट संक्रमीत भएका छन । 


बीरगंज महानगरपालिकाका बिभिन्न शाखाका करिव पाँच जना अधिकृत सहित अन्य १० जना कोरोना भाइरसबाट संक्रमीत छन ।  त्यसैगरि महानगरको सुरक्षा सफाई र दमकलमा काम गर्ने कर्मचारीहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताउनु भयो  । उहाँले पीसीआर परिक्षणको रिपोर्ट ढिलो आउनुमा गुनासो गर्नु भयो । उहाँले रिपोर्टको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको उहाँको तर्क छ । 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी र प्रमुख कार्यकारी अधिकृत सहित अन्य अधिकृत कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना बिरुद्धको लडाईको ब्यवस्थापनमा पनि प्रभाव पर्ने भएको छ । संक्रमणमुक्त जनप्रतिनिधि र कर्मचारीले सावधानी पूर्वक महानगरका नागरिकको रक्षाकोलागि काम गर्नु पर्ने अवस्था सृजना भएको छ।


कन्ट्याक्ट ट्रेसिङको क्रममा साउन १८ गते जेलर श्रवण पोख्रेल सहित १ सय १८ जनाले स्वाब दिएका थिए । जसमध्ये जेलर पोखरेलसहित ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

 

नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.