logo

उपचार नगर्ने शिक्षण अस्पताललाई कोभिड उपचार केन्द्र बनाउन केन्द्र संग माँग

      8/8/2020 गते 00 00 मा प्रकाशित     894   पटक पढिएको

जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साले बीरगंजमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय शैय्यामा कोभिड उपचार ब्यवस्थापन केन्द्र बनाएर अस्पतालको रुपमा संचालन गर्नकालागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्र तथा संघीय स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा  अनुमती माँग गरेको छ । 

 


जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको हिजो बसेको बैठकल सरकारसंग अनुमती लिनकालागि निर्णय गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका संक्रमीतहरुको संख्या बढदै गइरहेको अवस्थामा उपचारकेन्द्र अभाव भएकोले जिल्लामा रहेको ठुलो अस्पताल शिक्षण अस्पतालको ३ सय बेड कोभिड उपचार केन्द्र बनाउन आवश्यक दखिएको भन्दै सरकारलाई अनुमतीकालागि पत्राचार गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक तथा नेकपाका नेता समेत रहेका बसरुदिन अन्सारीले सरकारले ०७६ चैत ११ मा लकडाउन लगाउनु भन्दा पहिलानै आफनो अस्पतालमा ५० बेडको आइसीयु सहितको आइसोलेशन वार्ड दिने सार्वजनीक प्रतिवद्धता गर्नु भएको थियो । चैत १७ गते कलैया उपमहानगरपालिका वडा नं २२ का २५ वर्षिय बिजय कुशवाहालाई १५ गते भर्ना गरेर १६ गते रेफर गरिएको थियो ।

 

बिरामीमा ज्वरो र खोकी देखिएपछि अस्पतालले उपचार गर्न मानेन । कुशवाहालाई अस्पतालहरु चहार्दै काठमाण्डौ पुर्याएपछि मृत्यु भएको थियो । नेशनल मेडिकल कलेजले आफैले घोषणा गरेको ५० बेडको आइसोलेशन त दिएन दिएन बिरामीलाई उपचार समेत गरेन । बिरामीलाई उपचार नगर्ने उसको रबैयामा कुनै परिर्वतन नआउदा अन्य बिरामीले पनि ज्यान गुमाउनु परेको छ । 


प्रधानमंत्री के.पी.ओलीसंगको सम्बन्धलाई देखाएर मनपरि गर्दै आएको नेशनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारसंग अनुमती माँगेर जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साले केन्द्र सरकारलाई  समेत परिक्षणको बिन्दूमा पुर्याएको छ । यो अवस्था आउनुको पछाडि शिक्षण अस्पताल र त्यसका संचालक नै कारक रहेको स्थानीय प्रशासनको बुझाई छ ।

बीरगंज महानगरको वडा नं  ११ श्रीपुरका ५७ वर्षिय चलितर महतो, वीरगन्ज ३ छपकैयाका ७४ वर्षिय जोखु साह सोनार र वीरगन्ज २ छपकैयाका २० वर्षीय युवती विष्णु लामाको अस्पतालले भर्ना नदिँदा उपचारको अभावमा ज्यान गुमाएका छन ।

 

यि तीनै जना बिरामीलाई उपचारकोलागि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो तर अस्पतालले उपचार गर्न मानेन । उनीहरुको मृत्यु भयो । कोभिड नेगेटिभ भएका  र कोभिड पुष्टि नभएका बिरामीलाई शिक्षण अस्पतालले उपचार नगर्नु अपराधीक काम भएको जसपा पर्साका सचिव तवरेज अहमद बताउनु हुन्छ । 

 


स्थानीय प्रशासनले नेशनल मेकिडल कलेजलाई कोभिड अस्पतालको रुपमा संचालनकोलागि  अनुमती माँग गर्नुलाई बीरगंजमा सकारात्मक रुपमा लिइएको छ । सामान्य रोगका बिरामीलाई शिक्षण अस्पतालले उपचार नदिने हो भने त्यो अस्पताललाई कोभिड अस्पताल बनाउने स्थानीय प्रशासनको माँगलाई केन्द्र सरकारले स्वीकार गर्नु पर्ने बिचार ब्यक्त गर्नु हुन्छ बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई । चौगाई अस्पताल लिनु एउटा पक्ष भयो तर उपचार नगर्नेहरुलाई हत्या आरोपमा कारवाही गर्नु पर्ने बताउनु हुन्छ ।


नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भई आकस्मिक बाहेक नियमित सेवा प्रवाह अवरुद्ध भएकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.