logo

कोरोनाको प्रभाव ,बारामापनि अनिश्चित कालिन लकडाउन, बाहिर ननिस्कन नागरिकलाई आग्रह

      7/31/2020 गते 00 00 मा प्रकाशित     1088   पटक पढिएको

बारामा आईतवार साउन १८ गते बिहान ५ बजे देखि अनिश्चित कालिन लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यस्तो निर्णय गरेको हो  ।

 

छिमेकी जिल्ला पर्सामा समुदाय स्तरमा र बारामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढे पछि बारा जिल्लालाई आइतबार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो ।
 

जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले आइतबारदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले  जानकारी दिनु भयो  ।

 
छिमेकी जिल्ला पर्सामा समेत निशेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरीकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको छ ।

 

स्थानीय प्रशासनले बीरगंज पथलैया औधोगिक करिडोर,हुलाकी मार्गलाई छुने स्थानीय तहहरु हाट बजारहरुमा लकडाउन प्रभावकारी हुने जनाएको छ ।कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हबी, सिमौनगढ, बरियापुर लगायत अत्यधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरु । अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तैः विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरु (चारपांग्रे तथा मोटरसाइकल समेत) लाई पुर्ण रुपमा संचालन बन्देज लगाउने ।

निषेधाज्ञा अवधीभर औषधी पसल २४ सै घण्टा खुल्ला रहने छ । खाद्यान्न, ग्यांस, इन्धन, दूध डेरी पसलहर, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा विकी वितरण नगरी साईकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेसम्म मात्र विक्री वितरण गर्ने |

निषेधित क्षेत्र भित्र कनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु विवाह, व्रतबन्ध, भोज भतेर) गर्न गराउन नहुने। उद्योग व्यवसायीहरुले करकारखाना संचालन गर्दा कामदारहरुलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल, स्वाटरमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर मात्र संचालन गर्ने । छिमेकी मित्रराष्ट्र भारतसंग जोडिएका सिमा नाकाहरुमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने ।

उधोग संचालन गर्दा कामदार मजदुरहरुलाई उधोग भित्रै बस्ने खाने ब्यवस्था मिलाएर सरकराले तोकेको शर्त र मापदण्डको अधिनमा रही उधोग संचालन गर्न सकिने गरि निर्देशित गरेको छ ।  अत्याशव सेवा र त्यससंग सम्बन्धती सवारी साधन संचालन हुनेछन । अत्यावश्यक काममा बाहेक नागरिकलाई बाहिर ननिस्कन प्रशाासनले निर्देश गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.