logo

न मेयर न साँसद तर नागरिक जीवनरक्षाको लडाईमा अग्रपंक्तिामा रहेका अन्सारी पनि कोरोनासंग जुध्दै

      8/3/2020 गते 00 00 मा प्रकाशित     2319   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी बीरगंज महानगर कमिटीका अध्यक्ष एवं गण्डक अस्पतालका संचालक रहवर अन्सारीमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ । 

 


गत शुक्रवार शिक्षण अस्पताल काठमाण्डौमा स्वाब परिक्षणकालागि दिनु भएको थियो । आज अस्पतालले उहाँलाई कोरोना संक्रमण  पोजेटिभ देखिएको सूचना गरेको हो । गत शुक्रवार स्वाब परिक्षणकोलागि शिक्षण अस्पतालमा दिएको थिए अन्सारीले भन्नु भयो “ आज एक बजेतिर अस्पतालले कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको  जानकारी गराएको छ । 

 


उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण पछिका कुनै पनि लक्षण देखा नपरेको उहाँले बताउनु भयो ।उहाँ काठमाण्डौमा आफनै निवासमा आइसोलेटेड हुनुहुन्छ । बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको दिन देखी नै नेता अन्सारी होम क्वारेन्टिनमा रहनु भएको थियो । 


कोरोना बिरुद्धको लडाईमा आफनो निजी अस्पताल निशुल्क कोभिड अस्पताल बनाउन दिएर नागरिकको जीवर रक्षाको महान काम गर्नु भएका अन्सारीलाई सामाजिक संजाल मार्फत कोरोना भाइरसको संक्रमण जितकालागि शुभेच्छाहरु जाहेर भएका छन । 


बीरगंज महानगरको प्रमुख र पर्सा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा १बाट  प्रदेश सभा सदस्यमा गएको निर्वाचनमा उम्मेदवार हुनु  भएका अन्सारीलाई दुबै निर्वाचनमा जनमतले अस्वीकार गरेको थियो ।

 

उहाँ न त मेयर न त सांसद पार्टीक कमिटीको जिम्मेवारीमा रहेको मान्छे  । तर बीरगंजमा कोरोना भाइरसको संक्रमणको यो अवस्थाको आकंलन सहित आफनो अस्पतालमा कोरोना संक्रमीत नागरिकको उपचार गर्नकालागि निशुल्क दिएर सवल र सक्षम नेतृत्वको बिशेषता प्रर्दशन गर्नु भयो । 


साउन १८ गते अस्पतालको सम्झौता सकिदै गर्दा उहाँले अस्पताल थप तीन महिनाकालागि उपलब्ध गराउने निर्णय गर्नु भयो । उहाँको निर्णयका कारण बीरगंजबासीले राहतको अनुभव गर्न सकेका थिए ।

 

अन्सारीको अस्पताल दिने कदमलाई “राजनीतिक स्टण्ट” भन्नेहरु बीरगंजमै छन ।  निशुल्क दिएकोले रकम भूक्तानी लियो भन्दै अन्सारी र अस्पताललाई धारे हात लाउने अमानवीय तत्वहरु अहिले पनि छन । तर कुने कुराले नागरिक सेवामा बिचलित गराउन नसेकेको अन्सारीलाई कोरोनाले पनि बिचलित गराउन नसक्ने बिश्वास मध्यतराईका बासिन्दामा रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.