logo

शिक्षण अस्पतालले उपचार गर्न नमान्दा एकको मृत्यु, लाश पठाइदिन्छन त्यही भएर गेटमै चेक गर्छौः मेसु सर्राफ

      8/6/2020 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

अस्पतालले उपचार गर्न नमानेपछि बीरगंजमा ६४ वर्षिय एक जना पुरुषको मृत्यु भएको उहाँका आफन्तजनले आरोप लगाएका छन ।

 

बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचार गर्न नमान्दा बीरगंज महानगरपालिका वडा नं ११ श्रीपुर निवासी ६४ वर्षिय चलितर महतोको मृत्यु भएको उहाँका भाइ शम्भू महतोले बताउनु भयो । 


श्वासप्रस्वासमा समस्या भएपछी उपचार गराउँन बिहिबार बिहान  नेशनल मेडिकल कलेजमा लगिएका महतोलाई अस्पतालले उपचारकालागि भर्ना नलिएको हो ।

 

परिवारजनले अस्पतालको लापरवाहीका कारण वृद्धको मृत्यु भएको आरोप लगाएका छन् ।
महतोलाई बुधवार राती पनि शरीरमा समस्या देखिएपछि उपचारकोलागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । त्यतीबेला अस्पतालले कोरोना भाइरसको संक्रमणको बिषयमा गरिएको परिक्षणको रिपोर्ट माँग गरेको थियो । रिपोर्टको कागज नभएकोले बिरामीको भर्ना हुन सकेन । 

 


महतोको साउन ११ र १५ गते गरि दुई पटक स्वाब परिक्षण भएको थियो । दुबै पटक रिपोर्ट नेगेटिभ आएको थियो । बिहिवार रिपोर्ट हात परेपछि उपचारको लागि फेरी अस्पताल लगेर रिपोर्ट देखाउदा समेत  अस्पतालले भर्ना नगरेको मृतकका भाई शम्भू महतोले बताउनु भयो । 


भर्नाकालागि निकै आग्रह गरयौ महतोले भन्नु भयो “अस्पतालका सुरक्षाकर्मीहरुले कलेजका एमडीले  (बसरुदिन अन्सारी ) आदेश नदिएसम्म विरामी भर्ना गर्न नमिल्ने भनेर जवाफ दिए ”।

 

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रमोद सर्राफले अस्पताललाई लगाएको आरोग गलत भएको बताउनु भयो । सव गलत कुरा हो, गलत कुरो हो, गलत कुरर हो मिस न्यूज हो उहाँले भन्नु भयो अहिले पनि एटा चाही नारायणी बाट मरेको पेशेन्ट पठाई दिएको थियो ।

 

डा. सर्राफले  आफूहरुले अस्पतालको गेटमै एम्बुलेन्समा चेक गर्ने र अनि मात्र बिरामी लिने नियम लगाएको बताउनु भयो । उहाँले लाश पठाईदिन्छ अनी कसैले वास्ता गर्दैन पिसीआर रिर्पोट आउन तीन दिन चार दिन लाग्छ लाश उठाउन तीन चार दिन लाग्छ लाश गन्हाउछ तर कोही  चाही  जवाफदेही नहुने गरेको बताउनु भयो । ल मेरो मिटीङ छ राख्नुस भन्दै डा .सर्राफले फोन काट्नु
 भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.