logo

भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माण संहिताको पूर्ण पालनामा जोड

राष्ट्रिय भूकम्प दिवसको अवसरमा आज वीरगन्जमा पनि जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । १९९० साल माघ २ गते आएको शक्तिशाली विनासकारी भूकम्पले क्षति पु¥याएको दिनलाई भूकम्प दिवसको रुपमा मनाउदै आएको छ । कोणसभामा बोल्ने वक्ताहरुले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्नका लागि भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

1/15/2021

थारु  समुदायको माघी महोत्वस पर्साको दुई स्थानमा मनाईदै 

नेपालको आदिवासी थारु समुदायको नयाँबर्ष माघी अर्थात खिचडी यसबर्षपनि पर्सामा दुई स्थानमा मनाउने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको स्वीमिङपुल परिसर र पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बढ्निहार स्थित जनता माविमा २६४५ औं नयाँबर्ष माघी ‘खिचडी’ मनाउने तयारी गरेको माघी महोत्सव मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थारु सम्वत २६४५ तथा ‘खिचडी’ माघीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

1/12/2021

नेशनल मेडिकल कलेजको अर्को गैरमानवीय कार्य, छात्रवृत्तिमा पढीरहेका विद्यार्थीको भविष्य नै अन्धकारमा पार्दै 

पटक पटक विवादमा आउने गरेको वीरगन्जस्थित नेसनल मेडिकल कलेज फेरी एकपटक विवादमा आएको छ । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ । कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो । 

1/12/2021

जन्मदिनको खर्च प्रतिष्ठानलाई, पत्रकार महिलाको बृति बिकासमा खर्च गरिने 

मध्यनेपाल सन्देश साप्ताहिकका  प्रकाशक सम्पादक कविता खड्काले आफनो जन्मउत्सवमा खर्च हुने रकम पर्साका पत्रकार महिलाको बृति बिकासकालागि हस्तान्तरण गर्नु भएको छ ।

1/10/2021

हिजोदेखी हराइरहेका दुबै बालक पटनामा फेला परे ल्याउने तयारी हुदै

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक भारत बिहारको पटनामा फेला परेका छन  ।

1/10/2021

कोरोना कहरबाट पर्साका नागरिकलाई जोगाउन भूमिका खेलेको भन्दै महानगरद्वारा प्रहरी उपरिक्षक पन्तलाई सम्मान

वीरगन्ज महानगरपालिकाले भर्खरै पर्साबाट सरुवा हुनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई सम्मान गरेको छ ।

1/7/2021

क्याम्पस प्रमुख डा. कुशवाहाको उपचारको क्रममा निधन , आजै अन्त्येष्टी गरिने

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. राजदेव कुशवाहाको निधन भएको छ ।

1/7/2021

प्रभावकारी कार्य सम्पादनमा अब्बल देखिनु भयो पंत साब

पर्साका प्रहरी प्रमुखको रुपमा गंगा पन्तले कमाण्ड सम्हाल्दा “महिला एसपी ” भनेर नाक खुम्च्याउनेहरुको संख्या बाक्लै थियो ।

1/6/2021

करोडौको लागतमा बनेको बीरगंजको टर्मिनल बसपार्क रित्तै बसहरु सडकमा,सहमती हुन्छ पालना हुदैन 

करिब १८ करोडको लागतमा  निर्माण भएको बीरगंजको टर्मिनल बसपार्क “माल पाएर चाल नपाएको” अवस्थामा पुगेको छ । जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको टर्मिनल बसपार्क उद्धेश्य अनुरुप संचालन हुन सकेको छैन । 

1/2/2021

उखु किसानलाई १७ करोड भूक्तानी दिन बाँकी लुम्बिनी चिनी मिलका संचालक अग्रवाल पक्राउ

नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई प्रहरीले उनको बीरगंज स्थित निवासबाट पक्राउ गरेको हो । 

12/31/2020

बीरगंजसिटी डटकमको समाचार भेदभावपूर्ण,पित पत्रकारिता गरेकोले काउन्सिलले राख्यो कालोसूचीमा 

पित पत्रकारिता गर्ने बीरगंजसिटी डट कमलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी थप कारवाही अगाढि बढाउने भएको छ ।

12/31/2020

प्रतिनिधि सभाको बिघठन संविधान सम्मत  छ त्यसकारण निर्वाचन हुन्छ तयार रहनुहोलाः महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले जुन उद्धेश्यका साथ एकिकृत पार्टी बनायौ त्यही अरुप पार्टी अगाडि बढनु पर्नेमा आन्तरिक अवरोधका कारण त्यसरी अगाडि बढने सफलता पाउन नसकिएको बताउनु भयो । 

12/30/2020

लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी कानून बनाउने मुख्यमंत्री राउतको प्रतिवद्धता,बीरगंजमा पुर्नस्थापना केन्द्र बन्ने

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी प्रदेश सरकारले कानून बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । 

12/26/2020

प्रम ओलीद्वारा मंत्रीमंण्डल बिस्तार प्रदेश २ का अध्यक्ष प्रभू साहलाई शहरी बिकासको जिम्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्नु भएको छ। बिस्तारित मंत्रीमण्डलमा थपिएका मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ ।

12/25/2020

प्रम ओलीद्वारा मंत्रीमंण्डल पूर्नगठन कसले पायो जिम्मेवारी (सूचीसहित)

पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुले राष्ट्रपतिबाट सपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन यसप्रकार भएको छ ।

12/25/2020

‘नेपाल भारतबीच स्थानीय संयन्त्रको आवश्यकता’

नेपाल र भारतको सीमा काठमाडौ र दिल्लीको नजर भन्दा पनि जनस्तरको नजरले हेर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

12/22/2020

संसद विघटनको सिफारिश पछि सुरक्षा निकाय ‘हाइअलर्ट’ मा सातै प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन

संसद विघटन गर्न मन्त्रिपरिषदले राष्ट्रपति विद्या देबी भण्डारी समक्ष सिफारिस गरेपछि प्रहरीले देशभरि सुरक्षा सतर्कता बढाएको छ । 

12/20/2020

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस, प्रचण्ड बालुवाटारमा 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो । निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

12/20/2020

ओझेलमा परेको पर्सागढीलाई प्रचार प्रसार र संरक्षण गर्न सरोकारवालाहरुको जोड

अंग्रेजको फौजलाई पराजित गरी विजय प्राप्त गरेको पर्साको ऐतिहासिक स्थल पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको चासो र चिन्ता हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । पर्सागढी नगरपालिकाको सहयोगमा होटल तथा पर्यटन व्यवसायी संघ, पर्यटन पत्रकार संघ र नेपाली सेनाको चण्डी प्रसाद गणले हिजो संयुक्त रुपमा आयोजना गरेको पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमणका क्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।

12/20/2020

आन्तरिक राजस्व कार्यालय वीरगन्ज करदाता मैत्री नभएको गुनासो

जनताको करबाट राष्ट्रसेवक बनेका कर्मचारीहरु भने राज्यलाई कर तिर्न जाने करदाताहरुप्रति रुखो व्यवहार गर्ने गरेका छन् । करमा जनताको सबैभन्दा बढी पहुँच हुनुपर्ने मुख्य कार्यालय आन्तरिक राजस्व कार्यालय वीरगन्ज नै करदाताहरुको लागि करमैत्री नभएको गुनसो करदाताहरुको छ ।

12/19/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.