logo

मधेश सरकारका चार वर्ष, संघ सरकार बिरुद्ध ६ मुद्धा पनि उपलब्धी, संचारको क्षेत्रमा उपलब्धी न्यून

 इसीमाना सम्वाददाता     २०७८ फागुन ३ गते ०१: ४१ मा प्रकाशित     651   पटक पढिएको

मधेश प्रदेश सरकारले चार वर्ष पुरा गरेर पाँच वर्ष पुरा गरेको अवसरमा आफ्नो उपलब्धि सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सार्वजनीक गर्नु भएको उपलब्धीहरुमा प्रादेशिक स्वायतताकोलागि केन्द्र सरकार बिरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएका ६ वटा मुद्धा पनि परेको छ । यो कानूनी टकरावलाई समेत मधेश सरकारले उपलब्धी ठानेको छ ।

प्रदेश सरकारले जारी गरेको उपलब्धी पुस्तकमा यो चार वर्षमा प्रदेशमा जम्मा २ सय २४ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । यसलाई उपलब्धीको रुपमा उल्लेख गरिएको भएपनि यसमा संघ सरकार प्रदेश वा स्थानीय सरकारको लागत कसको हो भन्ने छुट्याइएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण पनि प्रदेश सरकारले आफनो उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

 

कोरोना समयमा गरिएको परीक्षण, कानून निर्माण प्रदेश सरकारका उपलब्धीका रुपमा रहेका छन । प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाइएको कुरालाई भने महत्वपूर्ण राजनीतिक उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

मंगलबार मधेश भवनमा पत्रकार सम्मेलन गरि मुख्यमन्त्री राउतले चार वर्षमा प्राप्त उपलब्धीका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु बेटी पढाउ बेटी बचाउ अभियान, शहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान, ६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे गर्नकालागि बोलपत्र आव्हान तीन वटा विश्वबिद्यालयको स्थापना लगायतका कार्यलाई आफ्नो उपलब्धिको रुपमा गनाउनु भयो ।

चार वर्षमा मधेश सरकारले आठ वटै जिल्लाका विभिन्न स्थानहरुमा ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ वालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ बृध्दाश्रम भवनको मर्मत संभार तथा स्तरोन्नति गरेको जनाएको छ ।


सुचना तथा सञ्चारको क्षेत्रमा आम सञ्चार प्राधिकरण, चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्ड र मिडिया काउन्सिल स्थापनालाई सरकारले उपलब्धीको रुपमा चित्रित गरेको छ । राससमा आवद्ध पत्रकारहरुलाई दिएको तालिम पनि सरकारको चारवर्षको उपलब्धी हो । संचार क्षेत्रमा रहेको जनशक्तिको सीप बिकासमा मधेश सरकारले चार वर्षमा गरेको यही एउटामात्र काम रहेको पुस्तकमा उल्लेख छ ।


०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयमा अख्तियार टोलीले छापा मारेर फाइलहरू नियन्त्रणमा लिएको थियो । मधेस सरकारको लोकप्रिय र महत्त्वपूर्ण कार्यक्रम ‘बेटी बचाऊ बेटी पढाऊ’ लामो समयदेखि रोकिएको छ । बैंकले सम्झौता नवीकरण नगर्दा ‘छोरी शिक्षा बिमा कार्यक्रम’ बन्द छ ।

अख्तियारले छापा मारेपछि साइकल वितरण कार्यक्रम पनि रोकिएको छ । यसै वर्ष सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी ९जसपा०बाट अलग्गिएर लोकतान्त्रिक समाजवादी गठन भएपछि सत्तामा पनि व्यापक फेरबदल भयो । अहिले मधेसमा चार दलको गठबन्धन सरकार छ ।

गत वर्ष ३९ वटा विधेयक प्रदेशसभाबाट पारित भएर प्रमाणीकरण भएका थिए । यो वर्ष चार विधेयक मात्र पारित भएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.