logo

समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागि चाडो चुनाव आवश्यकः अध्यक्ष ओली

      २०७८ पौष ८ गते ०६: ४० मा प्रकाशित     787   पटक पढिएको

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागिका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।

 

नेकपा एमाले पर्साद्वारा आज जगरनाथपुरमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जनादेशको अपमान गर्दै बनेकोले त्यो देश र जनता प्रति जिम्मेवार नरहेको दावी गर्नु भयो ।

उहाँले नेपालको समग्र भुगोल समेटेर नक्सा जारी गर्ने र नक्सामा भएको जमिन हाम्रो हो भनेर माग्न सक्ने एमाले मात्र भएको र अरुसँग त्यो तागत नरहेको बताउनु भयो ।

 

उहाँले हुलाकी सडकले तराई मधेशको समृद्धि र विकासको ढोका खोलेको बताउदै पहिलो पटक आफू प्रधानमंत्री हुदा हुलाकी सडक निर्माणकालागि चार अर्व ३६ करोड बिनियोजन गरेको स्मरण गर्नु भयो । उहाँले  ज्येष्ठ नागरिकको सम्मन गर्दै नेकपा एमाले सरकारले ०५१ सालमा १ सय बाट शुरु गरेको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुगको बताउनु् भयो ।

 उहाँले  अपांग, असक्त, एकल महिलाको जीवन स्तरमा आमुल परिवर्तन ल्याउन उनीहरुलाई पनि सामाजिक सुुरक्षा भत्ताको ब्यवस्था नेकपा एमालेको सरकारले गरेको जीकीर गनुृ भयो ।

 

 उहाँले हिजो आफूहरुले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थान सम्म आइपुगेको बताउदै प्रचण्डले कुरा नबुझ्दा पतनको बाटो तर्फ माओवादी केन्द्र पुगेको दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल,  नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य निर्मला देवकोटा प्रदेश सदस्य जयप्रकाश थारु लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रममा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य, प्रभू साह सहइन्चार्ज पुरुषोत्तम पौडेल, ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लिला श्रेष्ठ,  पोलिटब्युरो सदस्य सुमन प्याकुरेल , जुली महतो, केन्द्रीय सदस्य बद्री न्यौपाने, रन्जना सरकार, दिवाकर देवकोटा, उद्धव रेग्मी सहितका नेताहरु सहभागिता रहेको थियो ।


यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ । पार्टी प्रवेश कार्यक्रममा जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालीम मियाको अगुवाईमा उहालाई १ सय ५१ किलोको माला लगाईएको हो ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार जालिम मिया, पर्सा क्षेत्र नम्बर २ का नेकपा माओवादीका उम्मेदवार मोसालिम मिया , कालीकामाई गाउँपालिकाका वडाध्यक्ष सोनालाल चौरसिया ,लोसपाका युवा नेता चन्दन मिश्र, पत्रकार मनोज मिश्र लगायत ६ हजार १ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साका सचिव मनोज गुप्ताले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.