logo

निर्वाचनमा माफियाकरण हावी हुने भन्दै चिन्ता ब्यक्त, आचार संहितालाई कर्मकाण्डी नवनाउन अपिल

 इसीमाना सम्वाददाता     २०७८ चैत १२ गते ०८: २६ मा प्रकाशित     705   पटक पढिएको

निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजले शनिवार वीरगञ्जमा ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्व संचारमंत्री माधव पौडेलले आचार संहिता र दलहरुको बित्तय ब्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बिष्ण्ुा गौतमले आचार संहितका प्रवन्धहरुको बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो ।

 

कार्यपत्रमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेस पर्साका निर्वतमान सभापति अजय कुमार द्विवेदीले नेपालको निर्वाचन पद्धतीमा सुधार हुन आवश्यक रहेको बताउनु भयो । निर्वाचन प्रक्रियामा सुधार नहुने हो भने निर्वाचन थेग्ने नसक्ने गरि खर्चिलो हुने उहाँले बताउनु भयो ।

 

हाम्रो आचरण र ब्यवहार खतरनाक हुदै गएको छ । यो प्रवृति बढदै गयो भने लोकतन्त्रकालागि दुःख भोगेका वा लोकतान्त्रिक आचरण भएका मान्छे राजनीतिबाट टाढीने बताउनु भयो । उहाँले निर्वचनमा हुने खर्चलाई नियन्त्रण गर्न नसके अवको १० वर्षमा ९० प्रतिशत उम्मेदवार बाहुवली र अराजनीतिक मान्छेहरु हुने प्रति चिन्ता ब्यक्त गर्नु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले निर्वाचन आचार संहितामा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा प्रति ब्यङ्य गर्दै महानगर प्रमुखले खर्च गर्न पाउने ७ लाख पचास हजारलाई नेपाली मुद्रा नभई पाउण्ड स्टरलीङ डलरको रुपमा राखेको खर्चको सीमा मिल्ने बताउनु भयो ।

 

लामिछानेले आचार संहिता उललघंनका अनेकौ समाचार प्रकाशन भएपनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको प्रति गुनासो गर्नु भयो । निर्वाचन आयोगले नै आचार संहिताको कार्यान्वयनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै लामिछानेले निर्वाचन आचारसंहिता कागजमै सिमित हुने तर्क गर्नु भयो ।

 

निर्वाचन आयोगले आगामी बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहितामा महानगरपालिकाका मेयर तथा उपमेयरले अधिकतम ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनुपर्ने नियममा नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ताले पनि आपत्ति जनाउनु भयो ।

 

लोकतान्त्रिक समाजवादी पार्टीका नेतृ रम्भा मिश्रले साढे ७ लाखले सबैलाई भोज कसरी खुवाउनु भन्दै प्रतिप्रश्न गर्नु भयो । कार्यक्रममा पत्रकार क्रान्ति साह, ओमप्रकाश सर्राफ , जय यादव , अमर गौतम, डा.बिश्वम्भर शर्मा, शिवनाथ यादव, सूर्य शुभचिन्तक,कृष्णमोहन सहनी लगायतले आ आफना बिचार ब्यक्त गर्नु भएको थियो ।

 

पत्रकार क्रान्ति साहको धारणा भने फरक छ । कार्यन्वयन गर्न नसकिने निर्वाचन आचारसंहिता ल्याएको भनेर निर्वाचन आयोगलाई आरोप लगाउनुले राजनीतिक दल र उम्मेदवारको साँघुरो सोचाई स्पष्ट भएको पत्रकार साहको बुझाई छ । उनले भने, ‘कार्यन्वयन गर्ने आफैले अनि अरुलाई दोष दिएर हुन्छ रु यदि हिम्मत छ भने बिना खर्च बिना तडकभडक चुनाव लड्नुहोस् । नेताहरुले नै त चुनावलाई खर्चिलो बनाएका हुन् ।’

 

उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जकी मुख्य न्याधिश शारङ्गा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमामा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले निर्वाचनको समयमा जिल्ला प्रशासनको पनि जिम्मेवारी बढेको हुँदा शान्त र सभ्य रुपमा निर्वाचन सफल गर्न हरसम्भव प्रयास गर्ने बताएका थिए ।

 

सानो पाइलाकी उपाध्यक्ष डा. सुष्मा तिवारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकण नागरिक संवाद केन्द्र मधेश प्रदेशकी प्रमुख रेखा कुमारी झाले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.