logo

सखुवा प्रसौनीमा दुई ठाउँमा प्रशासनीक भवनको शिलान्यास, जग्गाको भाउ बढाउन खोजेको अन्य दलको आरोप

 इसीमाना सम्वाददाता     २०७८ चैत १४ गते ०९: २३ मा प्रकाशित     752   पटक पढिएको

सखुवा प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको प्रशासनीक भवनको सोमवार अलग अलग ठाउमा भूमी पूजन गरेका छन । गाउँपालिकाको प्रशासनीक केन्द्र रहेको श्रीपुर बजार नजिक भूमी पूजन भएको हो ।

 

उपाध्यक्ष फूलमती देवी थारुले यस भन्दा अगाडि स्वास्थ्यचौकीकोलागि निर्माण भएको तर द्वण्दकालमा एकिकृत सुरक्षा क्याम्प रहेको सर्वाजनीक जमिनमा भूमी पूजन गनुृ भएको हो । थारु को नेतृत्वमा भएको भूमी पूजनमा गाउँपालिकामा जसपा बाहेकका राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका पाटीेका नेताहरुको सहभागितामा भूमी पूजन भएको हो । सो स्थानमा ९ कठ्ठा सार्वजनिक जग्गा रहेको छ ।

सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ श्रीपुर बजार छेउकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ निशुल्क दान दिएको ९ कठ्ठा २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।

 

उपाध्यक्ष थारुले भ्रष्टचारमा लिप्त अध्यक्ष जयसवालले बाटो नभएको आफनो खेतको मुल्य बढाउने नियतले गाँउपालिका भवनका लागि जग्गा दान दिएर जनतामा भ्रम छर्न खोजेको बताउनु भयो ।

 

नेकपा एमालेका युवा नेता यशवन्त यादवको भनाई पनि यस्तै छ । अध्यक्ष जयसवालले जग्गादान गरेजस्तो गरेर आफनो जमिनको मूल्य बढाएको यादवको भनाई छ । थारुले सोमबार आफूले शिलान्यास गरेकै जग्गामा गाँउपालिका भवन बन्ने बताउदै अध्यक्षले दिएको जग्गामा भवन बनाउने निर्णय बोर्ड बैठकबाट नभएको प्रष्ट पानुृ भयो । 


यसअघि आइतबार गाँउपालिकाको कार्यालयमा उपाध्यक्ष चौधरीको अगुवाइमा त्यहाँका राजनीतिक दलहरुले तालाबन्दी पनि गरेका छन्।

अध्यक्ष जयसवालले पारदर्शीता नराखेको र व्यापक भ्रष्टाचार गरेको भन्दै विभिन्न आठ राजनीतिक दलले गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। चार आर्थिक वर्षको गाउँपालिकाको सम्पूर्ण आयव्यय, कर्मचारी नियुक्ति लगायतका विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, नेपाल सुशासन पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको नेकपा एमालेका नेता यसवन्त यादवले बताए।

गाउँपालिकाको सम्पूर्ण खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेपनि अध्यक्ष जयसवालले उपलब्ध गराउन आनाकानी गरेकोले तालाबन्दी गरिएको यादवको भनाई छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.