logo

बीरगंजको कायापलट गरेर आधुनीक बीरगंज बनाउने उद्धेश्य लिएको छुः अध्यक्ष ओली

 इसीमाना सम्बाददाता     २०७८ चैत २२ गते ०४: ०० मा प्रकाशित     1000   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अवको बीरगंजलाई आधुनिक बीरगंज बनाउने उद्धेश्य आफूले लिएको बताउनु भएको छ ।

नेकपा एमाले पर्साले मंगलवार बीरगंजमा आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बो्धन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मेयर राम्रो हुनुहुन्थ्यो तर उहाँ जीतेको पार्टी नराम्रो भएकोले बीरगंजको बिकास हुन नसकेको ओलीले चर्चा गर्नु भयो । अध्यक्ष ओलीले आफू बीरगंजको कायापलट गर्ने उद्धेश्यका साथ बीरगंजमा आएको बताउनु भयो ।

अव बीरगंज चक्रपथ सहितको चौडा बाटो हरियाली ,प्राविधिक शिक्षलयको हव मेडिकल शिक्षालयको हव ,ग्रिन सिटी यही कुरामा बिश्वास गरेर साथीहरु एमालेमा आउनु भएको छ सबैलाई स्वागत छ यो पार्टी हामी सबैको पार्टी हो । यो साझा पार्टी हो । नेकपा एमाले कसैको पार्टी हौइन हाम्रो पार्टी हो प्रवेश गर्ने साथीहरुले पनि यही बुझ्नुहोस ।

राष्ट्र निर्माणको अभियानमा सामेल यो पार्टीमा अन्यत्र रहनु भएका सबैलाई पनि नेकपा एमालेमा प्रवेश गर्नउहाँले सबैलाई अपिल गर्नु भयो ।

अध्यक्ष ओलीले पर्सा जिल्ला भ्रमबाट मुक्त भएकोले आफूलाई खुशी लागेको बताउनु भयो । उहाँले बिजय सरावगी र शिव पटेलको मन्तब्यको स्मरण गर्दै आफनो पार्टी सिगो नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली को आंकक्षा पुरा गर्न लागि परेको बताउनु भयो ।

समृद्ध नेपाल सुखी नेपाली एमालेको नारा हो उहाँले भन्नुभयो समृद्ध नेपाल बनाउनकालागि सिंगो नेपालको बिकास हुनु पर्छ सिगो नेपालमा मधेश हिमाल पहाड पूर्व पश्चिम सबै हुनु पर्छ । बाटा घाटा चल्नु पर्छ हवाई मैदान बन्नु पर्छ चौडा र सुबिधयुक्त बाटाहरु बन्नु पर्छ । हामी जश्रोतको धनी देश हौ । बिकासमा बिजलीको प्रयोग गरे निर्यात गर्ने सर्माथ्य छ ।

 

डिजीटल नेपाल बनाऔ आधुनकि प्रबिधियुक्त नेपाल बनाउन चाहेका छौ यो काम देश भरिनै गर्नु पर्छ भन्ने हाम्रो पार्टीको धारणा हो । पर्यटकीय स्थलहरुको बिकास र संरक्षण र तिनको प्रचार प्रसार धार्मिक ऐतिहासिक गन्तब्य हुन सक्ने स्थान र बिषयहरु छन । हामीसंग बिश्व गन्तब्य हुन सक्ने प्राकृति हिमाल झरान र हिमतालहरु छन । अन्य आकर्षण छन ।ट्रेकिङ रुटहरु मठ मन्दीर हरु छन । जो असाधरण कला र असाधरण कथा जोडिएको छ ।

 

अनौठो प्रकृतिका जो दुनीयमा कही छैन नेपालमा त्यसको बिकास गर्न सक्छौ र संसार सबै मान्छेलाई नेपालमा ल्याउन सक्छौ । समृद्धिको यात्रा तय गर्दा यो गर्न जरुरी छ एमालेले त्यो गर्छ । अव हिजोको तरिकाले बाच्नकालागि होइन कृषिलाई आधुनीकीकरण र निर्यातगर्न सक्ने गरि उत्पादन गर्ने बाटो हुदै आत्मनिर्भर अर्थतन्त्र तर्फ जान्छौ ।

 

बनस्पती आधारिक बस्तुहरुको उत्पादन गरेर बिश्वलाई बजार बनाउन सक्छौ । हाम्रो भारत र चीन जस्ता ठुलो जनसंख्या भएको छिमेकीहरु छन जे उत्पादन गरे पनि बजारमा लान सक्छौ । बिशेष आर्थिक क्षेत्रको निर्माण आठवटा औधोगिक क्षेत्र स्थापना गरेका छौ ।

 

उधोग धन्दाको स्थापना गर्ने उपभोग भन्द बढीको उत्पादन बजारमा लाने । जताको जीवन सलल सहज हुन सकोस बालवालिकाको अनिर्वाय भर्ना होस स्कूल छोडन नपरोस कपि कितावको ब्यवस्था र लक्षीत समुहलाई खाजाको समेत ब्यविस्थत गरेर अध्ययन गराउने काम शुरु गरेका छौ ।

 

अशक्त, एकल महिला, जेष्ठ नागरिककालागि समाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको उहाँले बताउनु भयो । पूर्व प्रधानमंत्री समेत रहनु भएका पार्टी अध्यक्ष ओलीले स्वास्थ्य बिमामा अझ भर पर्दौ ब्यवस्था गर्ने बताउनु भयो । गरिब भएको हुदा नपाउने प्रणालीको अन्त्य गरेर निशुल्क उपचार पाउने ब्यवस्था गर्छौ ।

 

मधेश पाहाड हिमालमा बस्ने सबै जातीका सबै भाषा बाल्ेने सबै पेशा ब्यवसायका मान्छेहरुकोलागि राष्ट्रीय बिकास गर्ने छौ । के.पी.ओलीलाई मधेश बिरोधी भन्छन म मधेशकै मान्छे हो । सब भन्दा सजिलो बिकास तराईमा छ ब्लास्ट गरेर पहरो खन्नु पर्दैन याहा त सजिलोसंगै काम हुन सक्छ ।


राजमार्गबाट कम्तिमा ६ लेनको बाटो बनाउने अभियान शुरु गरे उहाँले भन्नु भयो पथलैया देखी बीरगंज बुटवलबाट भैरहवा होस ढल्के बाट जनकपुर होस इटहरीबाट बिराटनगर होस चौडा बाटोहरु बनेका छन ।

 

म ढल्के बाट साढे २ घण्टामा जनकपुर पुगेको थिए उहाँले भन्नु भयो ओली मधेश बिरोधी भन्नेहरुले मैले यसतो बाटो बनाई दिए अहिले २० मिनेटमा पुग्ने अवस्था बन्यो । मरिन सुनकोशी डाइभर्सन बन्दै छ । सिचाईको प्रवन्ध मिलाउने , हवाईमैदान बनाउने हुलाकी राजमार्ग बनाउने खानेपानीका ओभरहेड टयाकी, सबै ठाउमा इन्टरनेट पुर्याउने के .पी.ओली अनी त्यही केपी ओलीाई मधेश बिरोधी भन्ने ?


चक्रवातले ८७९ घर भत्काउद केही महिना भित्र सरकारले घर बनाएर नागरिकलाई हस्तान्तरण गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूहरु कुरा होइन काम गरेर देखाउने पक्षमा रहेको बताउनु भयो । उहाँले सुनकोशी मरिडाइर्भसनमा काम भइरहेको छ । लोडसेडिङ हटायौ अहिले तिनै मान्छे ४ रुपैयामा भारतलाई बिजुली बेच्छन र ३८ रुपैयामा भारतसंग किन्छन ।


ओलीले अर्थतन्त्र ध्वस्त हुदैछ । हिजो मात्र राष्ट्रबैकले बिभिन्न आदेश जारी गरेको छ । ब्यपारीले कुनै सामान आयात गर्नु पयो भने हामीसंग डलर छैन ।

 

नेपालमा तरलताको समस्या पैदा भएको छ । लगानी गर्न सकिदैन । अहिले देश संकटमा पुगेको छ। संकटमा पुरयाउने को को हुन त ? बुझनु पर्ने बेला आएको बताउनु भयो ।

 

कानूनका नौ सिंग हुन्छन त्यसमध्य कोखाको सिंगले हानेर अहिलेको सरकार बनेको बताउदै ओलीले सरकार बैध सरकार होइन यो षडयन्त्रबाट बनेको परमादेशी सरकार भएको बताउनु भयो ।

 

एक्लै एमालेसग लड्न सकिदैन भन्दै थिए अव बिजय सरावगी आए पछि के भन्दा हुन ।बैशाख ३० गते चुनावको दिन पर्खिनु पर्छ गाउपालिका नगरपालिका उपमहानगर महानगरपालिकाहरुमा अधिकांश ठाउमा एमालेले जित्ने छ । अहिले देखिएको जनलहरुले यही कुरा देखाउछ ओलीले भन्नु भयो ।

 


बर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको कुरा कुरा पत्रपत्रिका बाट थाहा पाइराख्नु भएको छ । ३ सय ९६ वटा अस्पातल एकै दिन शिलान्यास गरेर काम अघि बढाइएका थियौ ति मध्य अहिलेको सरकारले निर्माण राकेको छ ।

 

२ सय बाटाहरुको शिलान्यास गरेका थियौ त्यो पनि रोकोछ । यिनीहरुका सरकार आउने बित्तिकै अचम्म सग खडेरी लाग्छ । चुनाव पछि केही महनिा भित्र रोकिएका निर्माणका काम शुरु हुन्छ ओलीले भन्नु भयो भूक्तानी रोकिएका ठेकदारहरुलार्य यथोचित रुपमा भूक्तानी हुने छ म आश्वसत पार्न चाहान्छुु ।

 

पार्टी प्रवेश गर्नेहरुलाई कुनै पश्चताप हुने छैन । उपलब्धीहरुले तपाईलाई गर्व गर्ने अवस्था बन्न सक्छ । ओलीले सबैलाई स्वागत छ भन्नु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभू साह एमाले नेता एवं बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगी शिव पटेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । पार्टीका जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्भू हजराले स्वागत भाषण गनुृ भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.