logo

तीन दशक लामो बैचारिक चेतमा परिर्वतन,पटेलले भने एमालेको नेतृत्वमा समृद्धि

 इसीमाना सम्वाददाता     २०७८ चैत ८ गते ०६: ०४ मा प्रकाशित     806   पटक पढिएको

नेपाल सदभावनाको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी मंचबाट राजनीतिमा उदाएका शिव पटेलले बाँकी जीवन एमालेमा बिताउने प्रतिवद्धता ब्यक्त गरेका छन ।

 

तीन दशक बढीको मधेश राजनीतिक बिचारलाई बिश्राम दिदै पटेलले काठमाण्डौको कार्की ब्याकेंटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाए ।


उतीबेला नेपाली राजनीतिमा एकथरीले नेपाल सदभावना पार्टीलाई “भेदभावना” पार्टी भनेर भन्ने गर्थे । २ सय ५ सदस्यीय प्रतिनिधि सभामा सप्तरी, सर्लाही, रुपन्देही र कपिलबस्तुमा केही सिट सदभावनाले जित्थ्यो ।

 

पर्सामा सदभावना पार्टीका नेताहरु औलामा गन्न सकिन्थ्यो । लक्ष्मणलाल कर्ण, म.कदम रसुल, नेजामुदिन समानी, डा.सुरेन्द्र चौरसिया , सफायत मिया अनि शिव पटेल । यि मध्य पटेल बिद्यार्थी मोर्चामा संगठीत थिए । काणर््प्रिय आवाज गतिशिल बिदार्थी नेता । ठाकुरराम बहुमुखी क्याम्पसको चुनावी दंगलमा सानो समुह लिएर होमिन्थे कांग्रेस र कम्युनिष्टको जगजगी थियो । सफलता हात नलागे पनि पटेलको राजनीति सक्रियताले गती लिइरह्यो ।

 


सासदको चुनावमा पार्टीका उम्मेदवार जिताउन गाउँ गाउँ पुग्थे । भाषण कलामा निपूर्ण पटेललाई सुन्नेहरुले “बडा निमन बोलेलन” भन्थे । उनको अगाडि प्रशंसा त गर्थे तर भोट चाही उही कांग्रेस र एमालेलाई ।

 

तर पनि पटेल बिचारका हिसावले निराश भएनन । लोकतानित्रक आन्दोलनको सबै मोर्चामा , मधेश आन्दोलनको सबै मोर्चामा उनी अग्रमोर्चामा थिए । हुल हुज्जत र अराजकतालाई पनि राजनीति ठान्नेहरुको भिडमा नितान्त बिचार प्रधान राजनीतिको बहस गर्ने पटेल मधेशवादको बैचारिक नेता पनि हुन ।

राजनीतिमा पटेलले निकै अपमानपूर्ण बचन सुने सहे । उनमा मधेशको मुक्ति र समानताको लडाई जित्ने हुटहुटी थियो ।


त्यसले जतिसुकै अपमान सहे पनि भेदभाव भोगे पनि उनले आफनो अडानमा परिर्वतन गरेनन । चट्टानी अडान बोकेका पटेलले पछिल्लो पटक बैचारिक परिर्वतनका माध्यमले एमाले प्रवेश गरेसंगै मधेश आन्दोलनका नाममा मधेशी नेताहरुले गरेको प्रतिवद्धता र ब्यवहारका वीच मेल नखाएको कुरा घाम जतिकै छर्लङ भएको देखिएको छ ।

पछिल्लो पटक सदभावना पार्टीमा बिभाजन आयो उनले अनिल झाले नेतृत्व गरेको पार्टीमा रोजे त्यतीबेला उनले हेटौडा सिमेन्ट उधोगको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरे । पछि पार्टी एक भएर राजपा हुदा उनी महासचिव भएका थिए ।

 

सासद र नगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका पटेलले जनअनुोदन हुने मौका भने पाएनन । निरन्तर राजनीतिक आन्दोलनमा लागेका पटेललाई राजनीतिमा नयाँ प्रवेश गरेकाहरुले उछिने ।


पटेलले नेकपा एमालेलाई निकै गाली गरे । त्यसका अध्यक्षलाई पनि उनले निकै गाली गरे । तर आज कार्की ब्याकेटबाट एमाले प्रवेश गर्दाको क्षणमा मन्तब्य दिदै गर्दा उनले आफनो बैचारिक धरातलमा आमुल परिर्वतन ल्याएको उद्धघोष गरे । उनले भने“मधेशले पहिचान होइन समृद्धि खाजेको छ ” ।

 

समृद्धिमा सन्तुष्टि छ र त्यसले शान्तिको बहाल गर्छ । आम नेपाली सबै नेपालीको पहिचानको सुत्रलाई स्वीकार गर्दै पटेलले मधेशका युवाहरुलाई राजनीतिक बैचारिक रुपान्तरणको राम्रो अपिल गरे ।


तीन दशक देखी मधेशबादकालागि निरन्तर सघर्ष गरेको युवा पटेलको एमाले प्रवेशको घटनाले मधेश आन्दोलनको इपिसेन्टर रहेको बीरगंजमा मात्र होइन मधेशको राजनीतिमा खास अर्थ राख्छ । नेकपा एमाले र त्यसका अध्यक्ष प्रतिको मधेशको दृष्टिकोणमा परिर्वतनकालागि पटेलको एमाले प्रवेशले बाटो प्रशस्त गरेको छ । लामो समय पत्ररिकाता गरेका पटेल सामाजिक आन्दोलनको पनि अगुवा नेता हुन ।


पटेल जस्ता राजनीतिक ब्यक्तिको एमाले प्रवेशका कारणनै हो एमाले अध्यक्ष ओलीले भन्नु भयो “अव जय मधेश भन्ने पार्टी नै एमाले हो । मधेशको जय गर्ने एमालले हो ।
जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ,ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ,त्यसको नेतृत्व एमालेले गर्छ ।


पटेल संगै नेकपा माओवादी केन्द्र पर्साका पुर्व इन्चार्ज बाबुराम कौशीक, वाइसीएल पर्साका अध्यक्ष अजग गुप्ता बहुदर माइ नगरपालिका कार्यपालिका सदस्य मुखदेव साह, लोसपाका नेता कृष्ण यादव, बिनोद पटेल, सोनालाल साह, मनोज यादव, बुधिजिवी रमेश साह, सोतिलाल गुप्ता, लगायातका नेताहरु पार्टी प्रवेश गरेका छ्न ।


पार्टी अध्यक्ष ओली महासचिव शंकर पोख्रेललगायतका नेताले नव प्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.