logo

आज संबिधान दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइदै

वीरगंज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

२०८२ असोज ३

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

काठमाडौँ ।  सर्वोच्च अदालतले पाल टांगेर आफनो सेवा संचालनमा ल्याएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि  इजलास बस्ने निर्णय गरेसँगै आजदेखि इजलाश सञ्चालन गरिएको हो ।

२०८२ असोज २

मधेश प्रदेशमा राजनीतिक विवाद बढ्दै, मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराए पनि सिंहले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।

२०८२ असोज १

जनकपुरधाममा जेनजी आन्दोलन , प्रदेशसभा र सचिवालयमा ४० करोडको क्षति

जनकपुरधाम। जेनजी आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मधेस प्रदेश सभा र सचिवालयमा करिब  ४० करोड बराबरको भौतिक सामग्री क्षति भएको छ।

२०८२ असोज १

आन्दोलनको नाममा आगजनी, वीरगंज महानगरको १ सय १५ करोडको क्षती, पूर्ननिर्माणलाई प्रथामिकता

वीरगंज  । मंगलबार बसेको वीरगंज महानगरपालिकाको नगरपरिषदको  बैठकले जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट १ सय १५ करोडको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ ।

२०८२ भदौ ३१

तीन मन्त्रीको टुंगो लाग्यो अर्थमा खनाल उर्जामा घिसिङ्ग र गृहमा अर्याल, भोली शपथ

वीरगंज । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयका जिम्मेवारी तोकेकी छन् ।

२०८२ भदौ २९

तोडफोड षडयन्त्रपूर्ण छ , दोषीलाई कारवाहीको दायरामा ल्याइने छः प्रधानमन्त्री कार्की

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका नाममा सरकारी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी सामान्य हिसाबले नभएको गम्भिर षडयन्त्र भएको बताएकि छिन ।

२०८२ भदौ २९

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण , आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा परिवारलाई दश लाख दिने निर्णय

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन ।

२०८२ भदौ २९

मुख्यमन्त्री सिंहको राजीनामाको विवादमा फसेको  जनमत पार्टी  अन्तत मधेश सरकारबाट बाहिरियो

जनकपुर । मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामाको बिवादमा फसेको जनमत पार्टी मधेश प्रदेशको सरकारबाट बाहिरिने भएको छ ।

२०८२ भदौ २८

मध्यरातमा प्रतिनिधिसभाको बिघठन जनमतको अपमानः  पत्रकार महासंघ

वीरगंज । नेपाल पत्रकार महासंघले संसद बिघठनको बिषयमा आफनो असहमती प्रकट गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले एक बिज्ञप्ति जारी गरी यस्तो असहमती जनाएका हुन ।

२०८२ भदौ २८

मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा फेसबुकमा, प्रदेश प्रमुखको कार्यालयमा नपुगेको खुलासा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले समाजिक सँजालमा राजीनामा गरेपनि अधिकारिक रुपमा  राजीनामा भने दिएका छैनन ।

२०८२ भदौ २८

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त पौने नौ बजे शपथ हुने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन।

२०८२ भदौ २७

संविधानको मर्मभित्रैबाट बर्तमान संकटको समाधान खोज्न  यस्ता छन पापडका सुझाव

वीरगंज । शान्ति र लोकतन्त्रकोलागि पेशागत संजाल (पापड)ले संविधानको मर्मभित्रै समाधान खोजिनु पर्नेमा आफ्नो चासो सार्वजनीक गर्दै वर्तमान संकट प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

२०८२ भदौ २७

संबिधान रक्षा र संसदको निरन्तरताको माँग गर्दै पर्साको पोखरियामा एमाले युवाको प्रर्दशन

वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा नेकपा एमालेका युवाहरूले प्रदर्शन गरेका छन्।

२०८२ भदौ २६

संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन  प्रयास गरिरहेको राष्ट्रपतीको खुलासा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।

२०८२ भदौ २६

संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्न पत्रकार महासंघको अपिल

वीरगंज । नेपाल पत्रकार महासंघले एक अपिल प्रकाशीत गर्दै अहिलेको समस्याको निकासकालागि जंगी अड्डाले देखाएको सक्रियताप्रति आफनो चासो देखाएको छ । समस्याको हलकालागि गरिने प्रयत्नहरु राष्ट्रपतीकार्यालयबाट हुनु पर्ने कुरामा महासंघले जोड दिएको छ ।

२०८२ भदौ २६

संविधानको रक्षाका लागि एमाले र समाजवादीका बिद्यार्थी  सडकमा

वीरगन्ज । देशमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी कार्यकर्ताहरू संविधानको रक्षाका लागि सडकमा उत्रेका छन्।

२०८२ भदौ २६

रास्वपा र दुर्गा प्रसाईलाई पनि स्टेकहोल्डरका रुपमा प्रस्तुत गरेपछि जेनजी समुह छलफलबाट बाहिरियो

काठमाडौं  । ‘जेन जी’ आन्दोलनका प्रतिनिधि र राज्य पक्षबीचको वार्ता प्रयासमा गम्भीर मतभेद देखिएको छ।

२०८२ भदौ २५

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.