logo

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको भावुक सम्बोधनसँगै राजीनामा घोषणा, यादव मुख्यमन्त्री बन्ने बाटो खुल्यो

 इसीमाना सम्वाददाता     २०८२ असोज २८ गते ०२: ५४ मा प्रकाशित     806   पटक पढिएको

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार प्रदेश सभा बैठकमा भावुक सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्। सिंहले राजनीतिक दबाब र परिस्थितिले आफूलाई यो निर्णय लिन बाध्य पारेको बताएका छन।

 

सिंहले संसदमा भने, “म आत्मसम्मानका साथ जनताको हितमा यो निर्णयमा पुगेको हुँ। जनधनको सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो।”

 

सिंहले यसअघि सामाजिक सञ्जालमार्फत पनि राजीनामा घोषणा गरेका थिए। उनले तत्कालीन अवस्थामा धनजनको क्षति हुनबाट रोक्नका लागि सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको स्पष्ट पारेका छन्।

 

मुख्यमन्त्री सिंहले पार्टीभित्रबाट नेतृत्वकै असहयोग र अपमानका कारण आफूले यस्तो निर्णय लिनुपरेको बताएका छन। उनले राज्यमन्त्रीहरूको नियुक्ति र बर्खास्तगी पार्टी निर्देशनअनुसार गरे पनि पार्टी नेतृत्वले आफूलाई खलनायकका रूपमा चित्रित गरेको बताए।

 

उनले आफैं मुख्यमन्त्री रहेको अवस्थामा पार्टीको ससदीय दलले आफूलाई कुनै जानकारी नदिई सरकारबाट फिर्ता हुन निर्देशन दिएको भन्दै असन्तोष प्रकट गरे। सिंहले संसदमा आफ्नो कार्यकालमा गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै जनप्रतिनिधिको भूमिकामा गर्व व्यक्त गरे।

 

सिंहको राजीनामा घोषणा भएपछि संसदमा तय गरिएको विश्वासको मतको प्रस्ताव स्थगित गरिएको छ। राजीनामाको घोषणा गरेपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी गराए। सभामुख रामचन्द्र मण्डलले सिंहलाई संविधानको धारा १६९ अनुसार प्रदेश प्रमुख समक्ष लिखित रूपमा राजीनामा बुझाउन निर्देशन दिएका छन।

 

सिंहको राजीनामापछि मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। दलहरूबीच भएको सहमति अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्ण यादव मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको स्रोतहरूले जनाएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.